नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने  « Khabarhub

नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने 


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आगामी माघ महिनामा हुने भएको छ । 

निर्वाचनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिनेछ । कार्यसमितिको छनोटका लागि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम र तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन दुई चरणमा हुने गरी तालिका तयार गरिएको छ । काठमाडौं उपत्यकाबाहिर संघका शाखा कार्यालयमा निर्वाचन २ र ३ माघ बिहान ९ बजेबाट अपराह्न ४ बजेसम्म सञ्चालन हुने छ ।

यस्तै काठमाडौँ उपत्यका भित्र संघको केन्द्रीय कार्यालयमा निर्वाचन १५, १६ र १७ माघ बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।

केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात प्रदेशबाट उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव र सह कोषाध्यक्ष सहित विभिन्न पदाधिकारीहरू चयन हुनेछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ११ : ५८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने