प्रकाश सपुत स्टारर ‘सोल्टिनी’को व्यापार बिगोज, ‘जेरी अन टप’को व्यापार साढे १० करोड « Khabarhub

प्रकाश सपुत स्टारर ‘सोल्टिनी’को व्यापार बिगोज, ‘जेरी अन टप’को व्यापार साढे १० करोड


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तिहार लक्षित गरी प्रदर्शनमा आएका चार मध्ये तीन फिल्मले दर्शकको साथ नपाएको देखिएको छ ।

कात्तिक ६ बाट प्रदर्शनमा आएका ‘सोल्टिनी’, ‘वरिष्ठ बलराम’ र कात्तिक ७ बाट प्रदर्शनमा आएको ‘मैझारो’को बक्स अफिस रिपोर्ट हेर्दा यी फिल्म हेर्न दर्शकको संख्या कम देखिन्छ ।

असोज ३१ बाट प्रदर्शनमा आएको नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टपले’ भने दर्शकबाट उच्च साथ पाएको हो ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले शनिबारसम्म १० करोड ५१ लाख ग्रस कलेक्सन गरेको छ । यो फिल्मका लागि ३ लाख ३३ हजार ६०५ वटा टिकट बिक्री भएको छ ।

सबैभन्दा कम दर्शको साथ पाउने फिल्म भने प्रकाश सपुत र नायिका परीक्षा लिम्बू स्टारर फिल्म ‘सोल्टिनी’ बनेको छ । यो फिल्मलाई जम्मा ८ हजार दर्शकले हेरेका छन् ।

बोर्डका अनुसार शनिबारसम्म यो फिल्मको ग्रस कलेक्सन मात्र २८ लाख ८० हजार रहेको छ । यो एकदमै कमजोर व्यापार हो ।

त्यस्तै, नायकहरु विजय बराल र दयाहाङ राई शीर्ष भूमिकामा रहेको फिल्म ‘वरिष्ठ बलराम’ले दुई करोड ४८ लाख ग्रस कलेक्सन गरेको छ ।

कलाकार विल्सन विक्रम राईले डेब्यू निर्देशनमा बनेको फिल्म ‘मैझारो’ले एक करोड ९५ हजार ग्रस कलेक्सन गरेको छ । यस फिल्ममा नायक धिरज मगर, नायिकाहरु मिरुना मगर र दिया पुन मगर शीर्ष भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : १६ बजे

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई