बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट | Khabarhub Khabarhub

बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तम्घास– यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको छ । 

यस वर्ष जिल्लामा सात हजार ९८८ हेक्टरमा धानखेती गरिएको थियो । जसमा २२ हजार ९०९ मेक्ट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएकामा ११ प्रतिशत अर्थात् दुई हजार ५२० मेक्ट्रिक टन धान पानीले भिजेर नष्ट भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो । 

जिल्लाको कुनै पनि ठाउँमा हालसम्म धानबालीको बीमा नगरिएको पनि उहाँले बताउनुभयो । गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने क्षेत्र चौरासी फाँटमा ९९९ हेक्टरमा धान रोपिएको थियो । जसमध्ये ४० प्रतिशत धान काटिसकेको अवस्थामा खेतमा नै भिजेको छ । 

तिहार लगत्तै धान काटेका किसान अहिले पानी परेसँगै चिन्तित भएका हुन् । लामो समयसम्म पानीले धान खेतमा नै भिज्दा टुसा पलाउन थालेका छन् । जसले गर्दा धानको मूल्य र उत्पादन घटेको छ । 

इस्मा गाउँपालिका–६ का कमलप्रसाद भण्डारीले साढे चार रोपनीमा रोपेको धान यही कात्तिक ९ गते बाटेका थिए । तर कात्तिक ११ गतेदेखि पानी पर्न सुरु गर्‍यो । काटिसकेको धानपानीले खेतमा नै डुबाउन थालेपछि उहाँले कात्तिक ११ र १२ गते १७ जना खेताला लगाएर धान उठाएर घर लगे । 

‘घाम लागेकै बेला उठाउन पाएको भए थ्रेसर लगाएर झाटिन्थ्यो, धान र पराल छुट्टाछुट्टै हुन्थ्यो,’ उनले भने, ‘अहिले घाम लागेपछि झाँट्न सुरु गरेको, टुसा पलाएको छ ।’ गत वर्ष २५ मुरी धान फलेकामा यो वर्ष अधिकांश धान खेतमा नै पोखिएको गुनासो गरे। 

स्थानीय कृष्णप्रसाद घिमिरेले पनि गत असार र साउनमा ७५ रोपनीमा धान रोपेका थिए । बीउको लागि चैते ५, हाइब्रिड महेन्द्र ३०–३०, जी टेक लगायतका धान रोपेका थिए । उनको खेतमा कुल तीन सय ५० मुरी धान फल्थ्यो । जसमा दुई सय २५ मुरी तिहार अगाडि नै स्याहारेका थिए । अझै १५ रोपनी खेतको छ मुरी हुने धान काट्न बाँकी छ । तर काटिसकेको १८ रोपनी खेतको करिब ९५ मुरी धान भने पानीले डुबाएको छ । 

खेताला लगाएर कात्तिक ९ गतेका धान काटेको धान पानीमा भिजेको हो । पानी नपरेको भए ११ गते नै थ्रेसरबाट उठाउने तयारी थियो । तर पानीले उनको धान मात्र डुबाएन, मेहनेत र पसिना समेत डुबाएको छ ।

‘पानीमा धान उठाएर आउने रकमभन्दा उठाउन लाग्ने लागत बढी भएकोले उठाइन’, घिमिरेले भने, ‘दुई लाख ६६ हजारको धान पानीमा डुबेको छ ।’ चौरासी फाँटको धान प्रतिमुरी दुई हजार आठ सयमा बिक्री हुँदै आएको छ । 

किसान निराजन भण्डारीको पनि १९ रोपनी खेतमा काटेको धान भिजेको छ । ‘अब त धानमा टुसा आउने बेला भयो, त्यस्तो धान बिक्री नहुने समस्या हुन्छ,’ उनले भने, ‘पानीमा भिजेको पराल गाईवस्तुले पनि रुचाउँदैनन् ।’ गत वर्षहरूमा पनि हल्का बादल मात्रै लाग्ने तर पानी नपरेका कारण आफूले धान काटेको उनको भनाइ छ । उहाँको खेतमा करिब ९० मुरी धान हुन्थ्यो । अब पानीमा भिजेसँगै उत्पादन धेरै कम हुने भट्टराईको भनाइ छ ।

    काटिसकेको धान कसरी सुरक्षित गर्न सकिन्छ ?

काटिसकेको धान वर्षामा थुप्रोमा राख्दा भिजेको ‘फङ्गस’ लाग्न सक्छ । त्यसकारण धान ढुङ्गा, प्लास्टिक वा परालमाथि राख्न कृषि ज्ञान केन्द्र कार्यालयले सुझाव दिएको छ । 

त्यसैगरी अहिले धानलाई माथिबाट प्लास्टिकले छोप्ने र वर्षा रोकिएपछि तुरुन्तै सुकाउने, सावधानीपूर्वक धुवाँको ताप प्रयोग गर्ने, धानलाई हावा प्रसार हुने ठाउँमा राख्नेलगायतका उपाय अपनाएमा क्षति कम हुने कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  २ : १३ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न