मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा « Khabarhub

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता मंगलबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदै छ ।

प्रतियोगितामा ७ उमेर समूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्य भूषण बज्राचार्यले जनाएका छन् । 

यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/गल्र्स सिंगल्स तथा ब्वाइज/गल्र्स डबल्समा खेल हुनेछ । खुलामा पुरुष/महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १ सय ३६ पुरुष र ८३ महिला खेलाडी सहभागी हुने छन् ।

दोस्रो संस्करणमा खुला स्पर्धा थपिएको हो । उमेर समूहको सबै स्पर्धा पहिलो संस्करणमा पनि थियो । नेपाल टेनिस संघको सहयोग तथा जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को संयोजनमा हुन लागेको प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ७८ हजार रुपैयाँ रहेको छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।

पहिलो संस्करणको पुरस्कार राशीमा दोब्बर भन्दा बढीले वृद्धि गरिएको हो । पहिलो संस्करणको कुल पुरस्कार राशि १ लाख ११ हजार रुपैयाँ रहेको थियो । प्रतियोगिता कात्तिक २२ गते सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ४ : ०९ बजे

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर