एमालेको शर्त : पार्टीमा फर्किनेहरूले नीति-नेतृत्वबारे विरोध र प्रश्न गर्न नपाउने « Khabarhub

एमालेको शर्त : पार्टीमा फर्किनेहरूले नीति-नेतृत्वबारे विरोध र प्रश्न गर्न नपाउने


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी छोडेर गएका नेताहरूलाई पुनः पार्टीमा फर्कन आह्वान गर्दै ‘घर फर्किन कुनै अनुमति आवश्यक नहुने बताएका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा गरेको संवाद कार्यक्रममा बोल्दै पोखरेलले पार्टीको नीति र नेतृत्वबारे विवाद गर्ने र पार्टीमा भाँडभैलो मच्चाउने सोचले नआउन भनेका छन् ।

‘एमालेबाट अलग भएकाहरूको सन्दर्भमा केन्द्रीय कमिटीको बैठकबाटै निर्णय गरेका छौँ’, उनले भने, ‘आफ्नो घर फर्कन एकता गरिरहनु पर्दैन, घरका सन्तान कोही बाहिर गएपछि घर आउँछु भन्दा अनुमति लिनुपर्छ र ?’

पार्टीमा फर्किनेलाई क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने पनि उनले बताए । ‘तर, सर्त एउटै छ – नीति र नेतृत्वका प्रश्नमा सहमति गरेर आउनुस्, बहस विवाद गर्न आउने कुरामा पार्टी सहमत हुन सक्दैन,’ पोखरेलले भने ।

पोखरेलले पार्टीभित्र पुनर्मिलनका लागि वातावरण बनाइएको बताउँदै यी दुईवटा प्रश्नमा सहमत हुने जो कोहीका लागि एमालेको ढोका सधैँ खुल्ला रहने स्पष्ट पारे ।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गर्दै साझा व्यक्ति भएकाले अहिले पनि त्यही भूमिकामा रहनु राम्रो हुने बताए।

राजनीतिमा आउने हो भने पार्टीलाई कनभिन्स गराउन सक्नु पर्ने पोखरेलले बताए । ‘विद्यादेवी भण्डारीले राजनीतिमा सक्रिय हुने चाहना राख्नुभयो भने त्यसबारे पार्टीले थप निर्णय गर्नेछ,’ पोखरेलले स्पष्ट पारे ।

एमालेभित्र पछिल्लो समय ‘एकता र पुनर्मिलन’ को बहस तीव्र बन्दै गएको छ । केही समयदेखि एमालेले पार्टी फुटाएर अलग भएका नेताहरूलाई ‘घर फर्कने अभियान’मार्फत् पार्टीभित्र ल्याउने प्रयास गर्दै आएको छ ।

त्यही सन्दर्भमा उनले सबैलाई पार्टीमा फर्कन र जनताको बहुदलीय जनवादलाई स्वीकार गरेर अन्य पार्टीमा रहेकालाई पनि नेकपा एमाले आउन आग्रह गरे ।

नेतृत्वमा आउन चाहनेलाई पोखरेलले पार्टीको महाधिवेशन आएकाले त्यहाँ प्रतिस्पर्धा गरेर स्थापित हुन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ३ : ४५ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका