एजेन्सी – फिलिपिन्सका तटीय प्रान्तहरूमा सुपर टाइफुन हाइयानको कारण सोमबार हजारौंलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाइएको छ ।  
राष्ट्रिय मौसम विभागका अनुसार टाइफुन १५० किलोमिटर प्रति घण्टासम्मको गतिका साथ आउने अनुमान गरिएको छ ।
सन् २०१३ मा सुपर टाइफुन हाइयानले छ हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको बताउँदै विपद् अधिकारी रोएल मोन्टेसाले प्रभावित क्षेत्र “पालो र तानाउनमा निकासी जारी रहेको बताएका छन् ।
नागरिक सुरक्षा अधिकारी र्यान्डी निकार्टका अनुसार छिमेकी सामार टापुमा आइतवार देखि हजारौं बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय सरकारहरूले गुइआनमा तिव्र निकासी गरिरहेका छन्, जहाँ आँधीले अवतरण गर्ने सम्भावना रहेको जनाइएको छ ।
फिलिपिन्स प्रत्येक वर्ष औसत २० वटा आँधीबेहरी र टाइफुनको चपेटामा पर्ने गरेको जनाइएको छ । फिलिपिन्सका मौसम विभागका विशेषज्ञ चार्माइन वरिल्लालाई उदृत गर्दै एएफपीले डिसेम्बरको अन्त्यसम्ममा कम्तिमा “तीन देखि पाँच वटा थप आँधीबेहरीको सम्भावना रहेको जनाएको छ ।
डिनागट टापु प्रान्तको लेइटको दक्षिणमा १० देखि १५ हजार मानिसहरूलाई पहिले नै सुरक्षित क्षेत्रमा सारिएको गभर्नर निलो डेमेरीले बताएका छन् ।
विपद् अधिकारी जोय कोनालेसले दिनगतको लोरेटो सहरका बासिन्दाहरूलाई सुरक्षाका लागि उच्च स्थानमा खाली गर्न भनिएको बताए। वैज्ञानिकहरूले मानव–सञ्चालित जलवायु परिवर्तनका कारण आँधीबेहरी अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन् । मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा सामान्यतया धेरै सङ्ख्यामा चक्रवातहरू आउने गरेको भेरिलाले बताए ।
सेप्टेम्बरमा फिलिपिन्समा सुपर टाइफुन रागासासहित दुईवटा ठूला आँधी आउँदा छिमेकी ताइवानमा १४ जनाको मृत्यु भएको थियो ।


                    
                










प्रतिक्रिया