सञ्चारमन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको भेट « Khabarhub

सञ्चारमन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको भेट


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया) का राजदूत पार्क ते यङले भेट गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र दक्षिण कोरियाबीचको  द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्राथमिकताका सम्बन्धमा छलफल भएको छ।

भेटमा सञ्चारमन्त्री  खरेलले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध, नेपालमा दक्षिण कोरियाको सहयोगमा सञ्चालित विकास आयोजनाहरू लगायत नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा दक्षिण कोरिया सरकारबाट प्राप्त सहयोगका सम्बन्धमा उल्लेख गर्दै नेपालमा डाटा सेन्टरको स्थापनामा पुर्‍याएको सहयोगका लागि आभार समेत व्यक्त गरे।

 यसका साथै मन्त्री खरेलले नेपालको विद्यमान परिस्थितिको साथै स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाचनलाई सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेको समेत जानकारी गराए ।

सञ्चारमन्त्री खरेलले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियाले लामोसमयदेखि नेपाली युवालाई रोजगारी प्रदान गरिरहेकोमा सरहाना गरे।  
सो अवसरमा दक्षिण कोरियाका राजदूत पार्क तइ योङले मन्त्री खरेललाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

 उक्त अवसरमा राजदूत योङले नेपालमा दक्षिण कोरियाली सहयोगमा सञ्चालित परियोजनाहरूको अवस्था तथा नेपालमा कोरियाली सरकारको सहयोगको प्राथमिकताका विषयमा जानकारी गराउँदै कोरिया सरकार नेपालको शिक्षा, कृषि, सूचना प्रविधि लगायतका क्षेत्रमार्फत आर्थिक रूपान्तरण एवम् समृद्धिका लागि सहयोग गर्न तत्पर रहेको जानकारी गराए । उनले दक्षिण कोरिया सरकार सदैव नेपालको विकासका लागि नेपालले तय गरेका प्राथमिकताका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न उत्सुक र प्रतिवद्ध रहेको समेत जानकारी गराए ।

राजदूत योङले नेपाली युवाहरू मेहनती र इमानदार रहेको तथा पछिल्लो समय नेपाल कोरियामा वैदेशिक रोजगारीमा पठाउने उत्कृष्ट मुलुक रहेको उल्लेख गरे । भेटवार्तामा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो । 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : २८ बजे

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल