संघीय संसद्को दुवै सदनका पदाधिकारी र प्रधानमन्त्रीबीच बालुवाटारमा छलफल | Khabarhub Khabarhub

संघीय संसद्को दुवै सदनका पदाधिकारी र प्रधानमन्त्रीबीच बालुवाटारमा छलफल


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्को दुवै सदनका प्रमुख र उपप्रमुखहरूबीच बालुवाटारमा भेटवार्ता भएको छ।

उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको छ। पछिल्लो समय प्रधानमन्त्रीले राजनीतिक दलसहित विभिन्न सरोकारवाला निकायसँगको संवादलाई तीव्र पारेकी छन् ।

खासगरी फागुन २१ गते चुनाव गराउनुपर्ने दबाबमा रहेकी प्रधानमन्त्री कार्कीले त्यही विषयमा केन्द्रित भएर छलफल चलाइरहेकी छन् ।

सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पद्मप्रसाद पाण्डे तथा सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाारमा पुगेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : १७ बजे

१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए

म्याग्दी- कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको

कनकाईमा एमालेले बनायो सुरक्षा दस्ता

झापा – झापाको कनकाईमा ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन

सकारात्मक ‘वर्ड अफ माउथ’का कारण हलले बढाए ‘परान’को शो

काठमाडौं – दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएका कारण हलहरुले

ललितपुरको कात्तिक डबलीमा नरसिंह अवतार मञ्चन (फोटो फिचर)

ललितपुर– ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर नजिकको कात्तिक डबलीमा

माओवादी केन्द्रीय समिति बैठक बस्दै, विभिन्न पार्टीसँगको एकता सहमति अनुमोदन गर्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।