नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

नेपाल सरकार गृहमन्त्रीस्तरको आज कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरे । दर्ज्यानी चिह्न प्राप्त गर्ने प्रहरी नायब महानिरीक्षकहरूमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले छन् ।
 
सो समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। 

उनले आ–आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवं कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउनेगरी दृढतापूर्वक काम गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : २० बजे

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल