कैलालीमा ३७ दिनमा एक हजार ८४४ मतदाता थपिए | Khabarhub Khabarhub

कैलालीमा ३७ दिनमा एक हजार ८४४ मतदाता थपिए


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले गत असोज १० गतेदेखि आजसम्म एक हजार ८४४ नयाँ मतदाता थपिएको जानकारी दिए । यही असोज १० गतेदेखि कार्यालयले मतदाता नामावली संकलन सुरु गरेको हो ।

उनले भने, ‘दैनिक एक सयदेखि १२० जनासम्मले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराइरहेका छन्, नाम समावेश गराउनेमध्ये झण्डै ६५ प्रतिशत किशोर एवं युवा छन् ।’

यस अवधिमा ३३० मतदाताले ठाउँ सारीका लागि निवेदन दिएको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा पछिल्लो निर्वाचनमा क्षेत्र नं १, २ र ३ बाट नागरिक उन्मुक्ति पार्टीका र क्षेत्र नं ४ र ५ बाट नेपाली कांग्रेसका प्रत्यासी विजयी भएका थिए । 

उक्त निर्वाचनमा जिल्लाभरि पाँच लाख ३४ हजार ८६४ मतदाता थिए । सरकारले अध्यादेशमार्फत मतदाता नामावली ऐन संशोधन गरेपछि मतदाता नामावली सङ्कलन सुरु गरिएको हो । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन अवधि तोकिएको छ ।
 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ८ : ०१ बजे

राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज ‘सामाजिक विकासका लागि दोस्रो

काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात

झापा– प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट

१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए

म्याग्दी- कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको

कनकाईमा एमालेले बनायो सुरक्षा दस्ता

झापा – झापाको कनकाईमा ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन

सकारात्मक ‘वर्ड अफ माउथ’का कारण हलले बढाए ‘परान’को शो

काठमाडौं – दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएका कारण हलहरुले