देउसीभैलोबाट संकलित रकमले प्रहरीलाई मोटरसाइकल | Khabarhub Khabarhub

देउसीभैलोबाट संकलित रकमले प्रहरीलाई मोटरसाइकल


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

कास्की – कास्की बैदामस्थित वडा प्रहरी कार्यालयले देउसीभैलो खेलेर जम्मा भएको रकमले एक थान मोटरसाइकल खरिद गरेको छ ।

जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनमासमेत आगजनी गरिएपछि प्रहरीलाई गस्ती तथा शान्ति सुरक्षा कायम गर्न साधन स्रोतको अभाव भएको छ ।

देउसीभैलो खेलेर सङ्कलित रकममा कार्यालयले केही थप गरी रु दुई लाख २४ हजार ९७० मा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार देउसीबाट रु दुई लाख २१ हजार ५१४ जम्मा भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ९ : १६ बजे

अनमोलको नायक यात्रा : ट्याग मेघा स्टार, दोस्रो इनिङले अनुभव गरायो १० करोडको ग्रस कलेक्सन

काठमाडौं – कन्टेन्टमा दम भएका फिल्मले नै राम्रो व्यापार गर्ने

पर्यटक तानिरहेको दोधारा–चाँदनी पुल (तस्बिर)

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली

चोटग्रस्त नेयमार ब्राजिलको टिममा परेनन्

काठमाडौं – ब्राजिलियन फुटबलका स्टार नेयमार राष्ट्रिय फुटबल टोलीमा अटाउन

नागरिकता बनाउने र भोट हाल्ने उमेर १६ वर्ष बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी लगायतका युवा पुस्ताले निर्वाचन

मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न मिल्दैन : कांग्रेस नेता भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मंसिरमा महाधिवेशन गर्न