धादिङमा सवारी दुर्घटना: एक जनाको मृत्यु, एक घाइते | Khabarhub Khabarhub

धादिङमा सवारी दुर्घटना: एक जनाको मृत्यु, एक घाइते


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङको थाक्रे गाउँपालिका–७ स्थित पृथ्वी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

सोमबार (आज) साँझ ६ः३० बजे काठमाडौँबाट धादिङको महादेववेशीतर्फ जाँदै गरेको बा ७० प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९७ प २८५२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका हुन्।
दुर्घटनापछि बा ७० प १६५१ नम्बरको मोटरसाइकल ना ६ ख ३०१३ नम्बरको ट्रकको अगाडिको दायाँ टायरमुनी पुग्दा मोटरसाइकल चालक धादिङको थाक्रे गाउँपालिका–६ निवासी ६० वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा अर्को मोटरसाइकलका चालक गजुरी गाउँपालिका–१ का ३० वर्षीय राजन श्रेष्ठ घाइते भई उपचारका लागि काठमाडौँ पठाइएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक नन्दराज जैशीको कमाण्डमा ट्राफिकसहित २० जनाको टोली खटिएका छन् भने ट्रक चालक धादिङ बेनिघाट रोराङ–५ का ३५ वर्षीय धनबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि करिब २ सयभन्दा बढी स्थानीय सडकमा उत्रिएर पृथ्वीराज मार्गअवरुद्ध गरेका थिए। घटनाको मुचुल्का कार्य सम्पन्न गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गजुरी पठाइएपछि अवरुद्ध राजमार्ग संचालनमा आएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ९ : २१ बजे

अनमोलको नायक यात्रा : ट्याग मेघा स्टार, दोस्रो इनिङले अनुभव गरायो १० करोडको ग्रस कलेक्सन

काठमाडौं – कन्टेन्टमा दम भएका फिल्मले नै राम्रो व्यापार गर्ने

पर्यटक तानिरहेको दोधारा–चाँदनी पुल (तस्बिर)

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली

चोटग्रस्त नेयमार ब्राजिलको टिममा परेनन्

काठमाडौं – ब्राजिलियन फुटबलका स्टार नेयमार राष्ट्रिय फुटबल टोलीमा अटाउन

नागरिकता बनाउने र भोट हाल्ने उमेर १६ वर्ष बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी लगायतका युवा पुस्ताले निर्वाचन

मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न मिल्दैन : कांग्रेस नेता भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मंसिरमा महाधिवेशन गर्न