वन कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड ४३ लाखको स्रोत भेटिएन « Khabarhub

वन कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड ४३ लाखको स्रोत भेटिएन


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डिभिजन वन कार्यालय, इलामका डिभिजनल वन अधिकृत (अधिकृत दशौँ तह) हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत दान बहादुर श्रेष्ठ उपर भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप पत्र दाय गरेको हो।

श्रेष्ठले सुरू नियुक्ति मिति २०४८ असार २६ देखि सम्पत्ति विवरण फाराम भरी बुझाएको मिति २०८० फागुन १६ गतेसम्म उनी र उनको एकाघर परिवारका सदस्यहरूले आर्जन गरेको वैधानिक २ करोड १६लाख ८५ हजार ५५७ रुपैयाँ ९६ पैसा आय आर्जन गरेको र सोही अवधिमा ३ करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ ४८ पैसा खर्च देखिएकोले समग्रमा कुल आय भन्दा कुल व्यय जम्मा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५२ पैसा बढी देखिएको अख्तयारको भनाई छ।

उक्त रकमको स्रोत पुष्टि हुन नसकेको हुँदा उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यस्तै सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र नरमाया श्रेष्ठ, भावना वरुवाल र फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रालि भक्तपुरलाई प्रतिवादी कायम गरिएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ९ : ४४ बजे

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका