चीनमा रोबोटको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया « Khabarhub

चीनमा रोबोटको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

ग्वाङझाउ – चीनको एक मेडिकल टिमले चार हजार किलोमिटर टाढाको बिरामीको उपचार गर्न फाइभजी जडित रोबोटको प्रयोग गरेर आँखाको सफल शल्यक्रिया गरेको छ।

उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीस्थित एक अस्पतालमा आइतवार दक्षिणी शहर ग्वाङझाउका शल्य चिकित्सकहरूले रोबोटको हातलाई टाढैबाट नियन्त्रण गरेर आँखाको शल्यक्रिया गरेका हुन् ।

माइक्रोन–स्तरको सटीकताका साथ गरिएको शल्यक्रियाले प्रविधिको लाभ उठाउँदै विकसित तटीय क्षेत्र र दुर्गम क्षेत्रहरू बीचको चिकित्सा संसाधन खाडललाई कम गर्न महत्त्वपूर्ण कदम मानिएको छ।

उरुम्कीमा रोबोटले बिरामीको आँखामा माइक्रोस्कोपिक सुई राखेपछि, ग्वाङझाउका शल्य चिकित्सकहरूले रिमोट कन्ट्रोलको सहायतामा सुईलाई रेटिनाको सतहमा लगी पूर्व–निर्धारित गहिराइमा इन्जेक्सनमार्फत् औषधि दिएका थिए।

टाढाबाट उपकरणको सहयोगमा गरिएको सम्पूर्ण शल्यक्रियाका लागिसात मिनेट भन्दा कम समय लागेको बताइएको छ । शल्यक्रियाका क्रममा नेटवर्क स्थिर रहेकोले रोबोटले कुनै कम्पन बिना सजिलैसँग काम गरेको थियो ।

‘सवरेटिनल इन्जेक्सन’ एउटा यस्तो कमजोर नाजुक माइक्रोसर्जिकल प्रविधि हो जसले ‘सबम्याकुलर हेमोरेज’ जस्ता अन्धा विकारहरूमा दृष्टि बचाउन प्रयोग गरिन्छ। “यो क्लिनिकल शल्यक्रिया चीनमा रिमोटद्वारा आँखाको शल्यक्रियाको सफल उपचारको सम्भाव्यताको व्यावहारिकतामा एक महत्वपूर्ण फड्को हो,” सन यात–सेन विश्वविद्यालयको झोङशान आँखा उपचार केन्द्रका परियोजनाका प्रमुख लिन हाओटियनले भने।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ९ : ४९ बजे

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल