रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट) « Khabarhub

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ हिमशृङ्खलामा आरोहणका लागि गएका सात जनाको हिमपहिरोमा परेर मृत्यु भएको छ । मृतकमध्ये पाँच विदेशी नागरिक रहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार आज बिहान यलुङरी हिमालको आधारशिविर नजिकै गएको ठूलो हिमपहिरोमा परेर उनीहरूको ज्यान गएको हो । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।मृतकहरूको पहिचान भने अहिलेसम्म खुलेको छैन।

प्रहरीका अनुसार उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरू घटनास्थलतर्फ पठाइएका छन् । मौसम प्रतिकूल भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।

रोल्वालिङ क्षेत्र हालको मौसममा हिमपहिरोको उच्च जोखिमयुक्त मानिन्छ, जहाँ पछिल्ला वर्षहरूमा पटक–पटक यस्ता घटनाहरू दोहोरिइरहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १० : ५६ बजे

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका