रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट) « Khabarhub

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ हिमशृङ्खलामा आरोहणका लागि गएका सात जनाको हिमपहिरोमा परेर मृत्यु भएको छ । मृतकमध्ये पाँच विदेशी नागरिक रहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार आज बिहान यलुङरी हिमालको आधारशिविर नजिकै गएको ठूलो हिमपहिरोमा परेर उनीहरूको ज्यान गएको हो । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।मृतकहरूको पहिचान भने अहिलेसम्म खुलेको छैन।

प्रहरीका अनुसार उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरू घटनास्थलतर्फ पठाइएका छन् । मौसम प्रतिकूल भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।

रोल्वालिङ क्षेत्र हालको मौसममा हिमपहिरोको उच्च जोखिमयुक्त मानिन्छ, जहाँ पछिल्ला वर्षहरूमा पटक–पटक यस्ता घटनाहरू दोहोरिइरहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १० : ५६ बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत