अफ्रिकामा हवाई यात्रु सङ्ख्या २०४४ सम्म वार्षिक ६ प्रतिशतले बढ्ने : बोइङ « Khabarhub

अफ्रिकामा हवाई यात्रु सङ्ख्या २०४४ सम्म वार्षिक ६ प्रतिशतले बढ्ने : बोइङ


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सान फ्रान्सिस्को- अफ्रिकाको हवाई यात्रु आवागमन सन् २०४४ सम्म प्रति वर्ष औसत ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । 

उक्त वृद्धि मुख्यतः त्यहाँको युवाशक्ति, बढ्दो मध्यम वर्ग, छिटो शहरीकरणका कारण हुने अमेरिकी विमान निर्माता बोइङ (बोइङ) ले जनाएको छ ।

बोइङको सन् २०२५ का लागि तयार गरिएको अफ्रिका क्षेत्रको व्यावसायिक बजार दृष्टिकोण अनुसार, यात्रुको माग पूरा गर्न आगामी २० वर्षमा अफ्रिकाको व्यावसायिक विमान सङ्ख्या दोब्बर हुँदै करिब एक हजार ६८० पुग्नेछ ।

सो अवधिमा करिब एक हजार २०० नयाँ विमान आवश्यक पर्ने अनुमान गरिएको छ, जसमा करिब ७० प्रतिशत एकै प्रकारका विमान रहनेछन् । 

यी विमानले घरेलु तथा छोटो दूरीका अन्तरराष्ट्रिय उडान विस्तारमा सहयोग पुर्‍याउनेछन् ।

बोइङका मध्यपूर्व तथा अफ्रिका क्षेत्रका व्यावसायिक बजार निर्देशन प्रमुख शाहाब मातिनका अनुसार,’हवाई यातायात अफ्रिकाको आर्थिक वृद्धि तथा भित्री क्षेत्रीय  विस्तारको प्रमुख प्रेरक बनिरहेको छ ।’

अफ्रिकी हवाई सेवा प्रदायकले आफ्नो उडान विस्तार गर्दै जाँदा जनशक्ति तथा हवाई पूर्वाधारमा ठूलो लगानीको आवश्यकता पर्ने बोइङले जनाएको छ । 

आगामी २० वर्षमा अफ्रिकामा करिब ७४ हजार नयाँ पाइलट, प्राविधिक तथा केबिन कर्मचारी आवश्यक पर्ने अनुमान छ ।

यसैगरी, विमान बेडा वृद्धि र सञ्चालन क्षमता सुनिश्चित गर्न करिब एक सय ३० अर्ब अमेरिकी डलरबराबरको सेवा माग पनि रहने बोइङले बताएको छ । रासस

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १२ : ०४ बजे

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण