मधेश प्रदेशसभाको बैठक दुई बजेसम्मका लागि स्थगित « Khabarhub

मधेश प्रदेशसभाको बैठक दुई बजेसम्मका लागि स्थगित


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशसभाको बैठक बुधबार दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको छ ।

बुधबार बिहान बसेको बैठकमा विश्वासको मत लिनका लागि प्रस्तावक मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव लगायत सरकारका प्रतिनिधि अनुपस्थित भएपछि बैठक बुधबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको उपसभामुख बबिता कुमारी राउत ईशरले जानकारी गराइन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो ।

प्रदेशसभा सभामा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन सोमबार परमादेश दिएको थियो । सर्वोच्चको पत्र मंगलबार पाएपछि मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिन लागेका हुन् । 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १२ : १२ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा