मधेश प्रदेशसभाको बैठक दुई बजेसम्मका लागि स्थगित « Khabarhub

मधेश प्रदेशसभाको बैठक दुई बजेसम्मका लागि स्थगित


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशसभाको बैठक बुधबार दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको छ ।

बुधबार बिहान बसेको बैठकमा विश्वासको मत लिनका लागि प्रस्तावक मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव लगायत सरकारका प्रतिनिधि अनुपस्थित भएपछि बैठक बुधबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको उपसभामुख बबिता कुमारी राउत ईशरले जानकारी गराइन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो ।

प्रदेशसभा सभामा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन सोमबार परमादेश दिएको थियो । सर्वोच्चको पत्र मंगलबार पाएपछि मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिन लागेका हुन् । 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १२ : १२ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी