एनसेल एपको डाउनलोड १ करोड नाघ्यो « Khabarhub

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलका ग्राहक माझ लोकप्रिय रहेको एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोड डाउनलोडको उपलब्धि हासिल गरेको छ । 

योसँगै एनसेल एप नेपालमा सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एक रहेको स्थापित भएको छ ।  

कम्पनीका अनुसार एनसेल एपमार्फत ग्राहकले कुनै कोड डायल नगरी, एनसेल सेन्टर वा आधिकारिक विक्रेताकोमा नगई सजिलै विभिन्न सेवाहरू लिन सक्छन् । साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन/अफलाइन गेम, सेवा सक्रिय/निष्क्रिय गर्ने सुविधा लगायतका धेरै सेवाहरू उपलब्ध भएकाले यो एप सहज हुन्छ ।

एनसेलले १ करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रमको घोषणा पनि गरेको छ । यस अन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी अल टाइम डेटा पाउन सक्नेछन् । पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहकहरू वा एपमार्फत कुनै न कुनै प्याक खरिद गर्ने ग्राहकहरू १० जीबी डेटा जित्न योग्य हुनेछन् ।

‘एनसेल एपमार्फत १ करोडभन्दा बढी ग्राहकहरू हामीसँग जोडिनु भएकोमा हामी अत्यन्त खुसी छौँ । यसले हाम्रो एप ग्राहकहरूको डिजिटल दैनिकीको एक महत्त्वपूर्ण हिस्सा बनिसकेको स्पष्ट देखाउँछ । ग्राहक सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउँदै, एपले ग्राहकहरूको डिजिटल यात्रालाई सरल बनाउन सहयोग पुर्‍याएको छ र साथै सरकारको ‘डिजिटल नेपाल’ भिजनलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्दै कागजरहित र प्रभावकारी सेवा प्रवाहलाई प्रवर्द्धन गर्दै आएको छ ।,’ एनसेलका चीफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले भने ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १२ : १९ बजे

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड