केराखेतीमा ‘टीआर फोर’ को सङ्क्रमण « Khabarhub

केराखेतीमा ‘टीआर फोर’ को सङ्क्रमण


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा लगाइएको केराखेतीमा नयाँ रोगको सङ्क्रमण देखिएको छ । पश्चिम चितवनका किसानले लगाएका केरामा पानामा रोगको नयाँ भेरियन्ट (टिआर फोर) को सङ्क्रमण देखिएको हो । 

जिल्लास्थित राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीका अनुसार पश्चिम चितवनमा लगाइएको पाँच बिघा क्षेत्रफलमा यो रोगको सङ्क्रमण देखिएको हो । 

करिब ५५ बिघा क्षेत्रफलमा लगाइएको केराखेतीमध्ये पाँच बिघामा पानामा रोगको नयाँ भेरियन्टको सङ्क्रमण देखिएर केराको गुवो लाग्ने समयमा थामबाट फल बाहिर निस्कन थालेको उनले जानकारी दिए । किसानले नवलपरासीबाट ल्याएर लगाएका बिरुवामा यो समस्या देखिएको रेग्मीले बताए। 

केहीसमय अघिदेखि यो समस्या देखिएपछि अहिले परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौँ र कृषि अनुसन्धान परिषद् (नार्क)मा नमुना पठाइएको उनले जानकारी दिए । जिल्लामा बाहिरबाट केराको बिरुवा ल्याउने हुँदा परीक्षण गरेर मात्र ल्याउन उनले सबै किसानलाई आग्रह गरे ।  

पश्चिम चितवनमा केराखेती गर्दै आएका कृषक यज्ञ सुवेदीले आफूले नवलरपरासीबाट ल्याएको बिरुवामा समस्या देखिएको बताए। 

उन भने, ‘रोग देखिएपछि त्यसको व्यवस्थापनको पाटोमा काम गरिरहेका छौँ । यो रोगको कुनै उपचार नभएकाले जोतेर रोग अन्यत्र फैलन नदिने गरी व्यवस्थापन गरिएको छ ।’

जिल्लामा पहिलोपटक यो रोग देखिएको एकाइका प्रमुख रेग्मीले जानकारी दिए। यो सङ्क्रमणबाट बच्नका लागि रोग लागेका केरा फार्ममा प्रयोग भएका औजार तथा यातायातलाई निर्मूलीकरण गरेर अन्य फार्ममा लैजानु पर्ने तथा रोग देखिएका फार्मलाई पूर्ण रूपमा निर्मूलीकरण नगरी केराका नयाँ बिरुवा लगाउन नहुने उनले बताए।

जिल्लामा हाल दुई हजार ८०० हेक्टर क्षेत्रफलमा केराखेती गरिँदै आइएको छ । जसमध्ये दुई हजार २०० हेक्टर क्षेत्रफल ‘केराजोन’मा पर्दछ । यहाँ वार्षिक ४३ हजार १९३ मेट्रिकटन केरा उत्पादन हुँदै आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १२ : ३० बजे

महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार

‘प्राङ्गारिक मलमा अनुदानका लागि सङ्घमा ३५ करोड र प्रदेशमा ११ करोड २४ लाख बजेट प्रस्ताव गरेको छु’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयको बजेट विनियोजनलाई

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले गत जेठ महिनामा सञ्चालित ‘स्वीप

नेपाललाई जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने