प्रभुपछि गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पनि बैंकिङ कसूरमा पक्राउ « Khabarhub

प्रभुपछि गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पनि बैंकिङ कसूरमा पक्राउ


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रभु समूहपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूरमै गुण समूहमा पनि हात हालेको छ।

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हो।

कुसुम लामा समेत संलग्न रहेको भनिएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतका कसूरको अनुसन्धान गर्दै जाँदा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले बैंकलाई हानि पुर्‍याउने गरी अनियमित कर्जा प्रवाह गरेको तथ्य भेटिएको सीआईबीले जनाएको छ।

विज्ञ टोलीले तथ्य विश्लेषण गर्ने क्रममा विभिन्न कम्पनीका नाममा करोडौं रुपैयाँ कर्जा दुरुपयोग भएको देखिएको सीआईबीले जनाएको छ। त्यही आधारमा उच्च अदालत पाटनबाट अनुमति लिएर आज शाक्यलाई जावलाखेलबाट पक्राउ गरिएको सीआईबीले पुष्टि गरेको छ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेका शाक्यविरुद्ध थप अनुसन्धान भइरहेको छ।

यसअघि प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीजना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १ : ४७ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले