श्रीलंकामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४६५ « Khabarhub

श्रीलंकामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४६५


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– श्रीलंकामा हालै आएको विकासकारी चक्रवातका कारण  अहिलेसम्म कम्तिमा ४६५ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । उनीहरूले घर, उद्योग र सडकलगायतका क्षत्रिग्रस्त सुविधा पुनर्निर्माण गर्न करिब ७ अर्ब डलर आवश्यक पर्ने बुधबार जनाएका छन् ।  

गत हप्ता देश भर वर्षा गराएको चक्रवातले निम्त्याएको बाढी र पहिरो पछि अन्य ३६६ जना बेपत्ता भएको जनाइएको छ ।

‘पुनर्निर्माणका लागि करिब ६ देखि ७ अर्ब डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको उद्धार कार्यको नेतृत्व गरिरहेका अत्यावश्यक सेवाका आयुक्त–जनरल प्रभात चन्द्रकीर्तिले उल्लेख गरेका छन् ।
 
चन्द्रकीर्तीले सरकारले प्रत्येक परिवारलाई उनीहरूको घर सफा गर्नेको लागि २५ हजार रुपैयाँ तथा घर गुमाउनेहरूलाई २५ लाख रुपैयाँ सहयोग प्रधान गरेको बताए । 

राष्ट्रपति अनुरा कुमार दिसानायकले तीन वर्ष अघि देखि देश खराब आर्थिक संकटबाट गुज्रिदै आएकाले राहत तथा उद्धार कार्यका लागि विदेशी सहयोग आवश्यक रहेको बताएका छन् । यस अघि उनले शनिबार आपतकालको घोषणा गर्दै अन्तर्राष्ट्रिय समर्थनका साथ पुनर्निर्माण गर्ने वाचा गरेका थिए ।

आर्थिक संकटको सामना गरिरहेको अवस्थामा आएको यस विपत्तिको सामना गर्नु सरकारको सबै भन्दा ठुलो चुनौती भएको दिसानायकले मङ्गलबार आफ्ना शीर्ष अधिकारीहरूलाई बताएका थिए ।

श्रीलंका सरकारले खाद्यान्न, इन्धन र औषधि जस्ता अत्यावश्यक आयातलाई पनि वित्त पोषण गर्न विदेशी मुद्रा समाप्त भएपछि अप्रिल २०२२ मा आफ्नो ४६ अर्ब अमेरिकी डलरको बाह्य ऋणमा चलिरहेको बताएको छ ।  

देशको अर्थतन्त्र स्थिर भएको अवस्थामा आईएमएफबाट २.९ अर्ब डलरको ऋण प्राप्त गरेको र यसलाई श्रीलंकाले मितव्ययिता उपायहरू सहित आफ्ना सुधारहरू कायम राख्नु पर्ने उनले बताए ।
 
सन् २०२२ को संकटले महिनौँ सम्म सडकमा विरोध प्रदर्शन भए पछि तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई पद छोड्न बाध्य तुल्याएको थियो ।  

सप्ताहन्तमा ठुलो बाढी आएपछि बुधबार देखि राजधानी कोलम्बोमा बाढीको पानी कम हुँदै गएको जनाइएको छ । देशका १५ लाख भन्दा बढी मानिसहरू प्राकृतिक प्रकोपबाट प्रभावित भएको र लगभग दुई लाख मानिसहरू राज्यद्वारा सञ्चालित सुरक्षित आश्रयमा रहेको जनाइएको छ ।

मध्य पाहाडका दुर्गम क्षेत्रहरू बढी  प्रभावित भएकाले अधिकारीहरूले सडकहरू सुचारु गर्न तथा सञ्चार लाइनहरू पुनस्र्थापना कठिन प्रयास गरिरहेको जनाइएको छ ।  

मुलुक पर्यटनमा आधारित भएकाले विपत्तिको बावजुद, श्रीलंकाले मंगलबार कोलम्बो बन्दरगाहमा लक्जरी क्रुजलाइनरलाई स्वागत गरेको अधिकारीहरूले बताएका छन् ।

यो प्रयासले ‘विश्वलाई श्रीलंका सुरक्षित, खुला रहेको तथा पर्यटकलाई स्वागत गर्न तयार रहेको शन्देश प्रवाह गर्ने श्रीलंकाको पर्यटक बोर्डले जनाएको छ ।  

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १ : ५१ बजे

महानिर्देशक अधिकारीलाई पुर्‍याइयो विशेष अदालत, १३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- भक्तपुरको नलिञ्चोकस्थित हेलिप्याड निर्माणमा करिब १३ करोड रुपैयाँ भ्रष्टाचार

पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा

लेखनाथ– बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश

महोत्तरीमा कोदोखेतीको क्षेत्रफल बढ्दै

महोत्तरी– पछिल्ला केही वर्षयता जिल्लामा कोदोखेतीको क्षेत्रफल बढ्दै गएको छ

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा, एमालेले एक महिनामा गुमायो प्रदेश प्रमुखदेखि सभामुखसम्म

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार पदबाट राजीनामा

सहमतिबिनै २० वर्ष नपुगी विवाह, सरोकारवाला भन्छन् : कानुन कार्यान्वयन फितलो भयो

काठमाडौं– सरोकारवालाले २० वर्ष उमेर नपुगी हुने बालविवाह निरुत्साहन गर्नुपर्ने