ओलीलाई समर्थन गर्दै पौडेलले भने- उपाध्यक्ष पदमै दोहोरिन्छु « Khabarhub

ओलीलाई समर्थन गर्दै पौडेलले भने- उपाध्यक्ष पदमै दोहोरिन्छु


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एघारौँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओलीलाई समर्थन गर्ने औपचारिक घोषणा गरेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले आफूले महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई सघाउने निर्णय गरिसकेको बताए।

उनले भने  ‘महासचिवको जिम्मेवारी सम्हालेको नाताले अब उक्त पदमा दाबी नगरेर अध्यक्षबाहेकको उपाध्यक्ष पद लिन तयार छु।’

अहिले पार्टीमा वरिष्ठ उपाध्यक्षको संरचना नभएकाले उपाध्यक्षकै भूमिकामा दोहोरिने योजना उनले बनाएका छन्।

‘यो महाधिवेशनमा म सचिवालय सदस्यका लागि दाबेदार पनि हुँ,’ पौडेलले भने, ‘कति टिम बन्छ भन्ने अहिले भन्न सक्दिनँ, सम्भव भएसम्म सहमतिमा निर्णय होस् भन्ने चाहना छ।’

यसअघि उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलतर्फ जाने सम्भावना रहेको विश्लेषण गरिएको थियो । तर पौडेल औपचारिक रुपमा ओलीकै पक्षमा खुलेका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  २ : १९ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका