गोकुल बास्कोटा भन्छन्- महाधिवेशन प्रतिनिधिले एमाले जोगाउनु पर्छ « Khabarhub

गोकुल बास्कोटा भन्छन्- महाधिवेशन प्रतिनिधिले एमाले जोगाउनु पर्छ


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले दिवंगत महासचिव मदन भण्डारी आवरणमा रहेको पोस्टर सार्वजनिक गर्नुलाई जसले जसरी बुझ्छन्, त्यसैगरी बुझ्न आग्रह गरेका छन्।

बुधबार पोस्टर सार्वजनिक गरेपछि खबरहबसँग छोटो कुरा गर्दै बास्कोटाले एमाले बचाउन र चौतर्फी आक्रमणको सामना गर्न एघारौँ महाधिवेशनमा प्रतिनिधिहरूले स्विवेकले निर्णय गर्नसमेत आग्रह गरे।

‘मैले एमाले जनताको बहुदलीय जनवादको मूल्य मान्यताअनुसार अगाडि बढ्नुपर्छ । एमालेमा जोसुकै नेतृत्व आए पनि मदन भण्डारीको योगदान र उहाँको सिद्धान्तलाई अङ्गिकार गरेर अगाडि बढ्नुपर्छ भनेको हो’, बाँसकोटाले खबरहबलाई भने,‘योपटक महाधिवेशन प्रतिनिधिहरूले एमालेलाई जोगाउन र नीति र सिद्धान्त अनुसार अगाडि बढ्न उचित निर्णय गर्नुहुन्छ भन्ने लागेको छ।’

बाँस्कोटा ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छोड्नुपर्ने अडानमा छन् । उनले ११ औँ महाधिवेशनमा ईश्वर पोख्रेललाई साथ दिने संकेतसमेत गरेका छन्।

बाँसकोटासँगको कुराकानी प्रतिक्षा गर्नुस् :

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  २ : ३८ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा