प्रतिनिधि सभा पुनर्स्थापना गरेर मात्रै निर्वाचनमा जाऊँ : विष्णु पौडेल « Khabarhub

प्रतिनिधि सभा पुनर्स्थापना गरेर मात्रै निर्वाचनमा जाऊँ : विष्णु पौडेल


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको ११ औँ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने बताएका छन् ।

बुधबार प्रेस चौतारी नेपालले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा गरेको सञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दै उनले तपाईंहरूलाई यो ध्रुव मंसिर २९ गतेसम्म जान्छ जस्तो लाग्छ ? भन्दै प्रश्न गरे ।

एमाले पार्टीको आन्तरिक जीवन कुनै समस्यामा नभएको उनले स्पष्ट पारे । ‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमाले भित्र जुन ध्रुव देखिएको छ के तपाईंहरूलाई लाग्छ यो मंसिर २९ गतेसम्म रहला ? मंसिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन’, उनले भने ।

उनले अध्यक्ष केपी ओलीकै नेतृत्वमा फेरी पनि नेकपा एमाले अघि बढ्ने स्पष्ट पारे । ‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरि गोलबद्ध भएर पार्टीलाई एकताबद्ध बनाएर लिएर जाऊँ भन्ने भन्दा नमान्नु पर्ने कुनै विषय देख्दिनँ, यो सम्भव नै छैन भन्ने पनि मलाई लाग्दैन, प्रतिस्पर्धा भए पनि प्रतिस्पर्धा हुन्छ, नतिजा आउँछ, त्यसलाई मानेर अघि बढ्नु पर्छ’, उनले भने ।

एमालेलाई निरङ्कुश छ भन्ने भ्रम फिँजाउने प्रयास भइरहेको बताउँदै उनले तर एमाले आन्तरिक लोकतन्त्रको च्याम्पियन पार्टी भएको दाबी गरे । एमालेले लिने नीति देशको नीति बन्ने उनको भनाइ छ ।

महाधिवेशनमा सहभागी हुँदा एमालेको सदस्य मात्रै हुने बताउँदै पौडेलले आफू लाखौँ कार्यकर्ता जस्तै कार्यकर्ता भएको स्पष्ट पारे । ‘मेरो भन्दा पनि पार्टीको स्थान के भनेर सोच्नु पर्छ, मेरो ठाउँ के भनेर ङार्रङुर्र गर्नुपर्दैन, हजारजना कार्यकर्ता भित्र परिहाल्छु,त्यही बसेर काम गर्दा हुन्छ, केही फरक पर्दैन’, उनले भने ।

पौडेलले आजसम्म पार्टीमा पाएको जिम्मेवारी मागेर नलिएको पनि बताएका छन् ‘पार्टीले उचित जिम्मेवारी दिन्छ, मैले के पाउँछु भनेर आजसम्म सोचेको छैन’, उनले थप भने, ‘म महासचिवको उम्मेदवार होइन, म यस अघि नै महासचिव भएर काम गरिसकेको मान्छे हुँ, ११ औँ महाधिवेशनमा मेरो उम्मेदवारी हुन्छ तर अध्यक्ष र महासचिवबाहेक। मैले केपी ओलीलाई समर्थन गरिसकेको छु, महासचिव भइसकेको छु, त्यसैले काहीँ न काहीँ उम्मेदवारी त हुन्छ, तर पछि नै तय हुन्छ’, उनले भने ।

एमालेविरुद्ध चौतर्फी घेराबन्दी भएको बताउँदै पौडेलले तिनीहरूलाई जनताले घेराबन्दी गर्ने उनले बताए । ‘एमाले नपुगेको कुनै वडा र टोल छैन, हामी एमाले नपुरेको घर छैन भन्ने ठाउँमा यो पार्टीलाई पुर्‍याउने अभियानमा छौँ’, पौडेलले भने ।

एमाले गमलामा मल हालेर हुर्काएको पार्टी नभएको बताउँदै उनले एमाले सारा हण्डर, त्याग बलिदान र संघर्षबाट गुज्रिएको पार्टी भएको बताए । ‘कस्ता कस्ता प्रतिकूलता त सामना गरेको आएको एमालेलाई अहिलेको प्रतिकूलता केही होइन’, उनले भने ।

फरक प्रसङ्गमा उनले अहिले संविधान लिक बाहिर भएकोले त्यसलाई लिकमा ल्याउनु पर्ने बताए ।

‘हामी सबैभन्दा पहिला मुलुकलाई संविधानको लिकमा फर्काउन चाहन्छौँ, यससम्बन्धी निर्णय एमालेले सार्वजनिक गरिसकेको छ, प्रतिनिधि सभाको पुनर्स्थापना नै यसको सहज बाटो हो, प्रतिनिधि सभा पुनर्स्थापना गरी सहमतिको आधारमा संविधान, संशोधन गरेर शीघ्रातिशीघ्र एमाले निर्वाचनमा जान चाहन्छ’, पौडेलले भने ।

एमाले राजनीतिक अधिकारको पक्षमा, मौलिक अधिकार र मानव अधिकारको पक्षमा भएको बताउँदै उनले जेनजीले उठाएका माग सम्बोधन गर्न एमाले तयार रहेको बताए ।

सरकार चुनाव गराउने मनस्थितिमा नरहेको बताउँदै उनले चुनाव भन्ने भन्दा पनि गर्ने कुरा भएको बताए। त्यसका लागि अनुकूल वातावरण बनाउनु पर्ने उनको धारणा छ ।

‘दललाई किनारामा राखेर, नेताहरूलाई अपमान गरेर, स्थानहद तोकेर, बहुदलीय व्यवस्थामा चुनाव हुन सक्दैन, भयपूर्ण वातावरणमा मतदाताले मत खसाल्न सक्दैनन्, यो सरकारले चुनाव गराउँछ भन्ने कुरामा हामी आश्वस्त छैनौँ’, उनले भने ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  २ : ५९ बजे

नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित

चीनसहित पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं- उत्तरी छिमेकी चीनसहित पाँच देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र

रास्वपा छाडेका बागमतीका उपसभापति हुमागाईं कांग्रेसमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चकाे आदेश

काठमाडौं- सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् हिन्दु धर्म

पोखरा विमानस्थलमा भ्रष्टाचार विवाद : पूर्वसचिव सुशील घिमिरेसँग मागियो डेढ लाख रुपैयाँ धरौटी

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागत अस्वाभाविक रूपमा बढाएर नेपाल