प्रतिनिधि सभा पुनर्स्थापना गरेर मात्रै निर्वाचनमा जाऊँ : विष्णु पौडेल « Khabarhub

प्रतिनिधि सभा पुनर्स्थापना गरेर मात्रै निर्वाचनमा जाऊँ : विष्णु पौडेल


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको ११ औँ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने बताएका छन् ।

बुधबार प्रेस चौतारी नेपालले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा गरेको सञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दै उनले तपाईंहरूलाई यो ध्रुव मंसिर २९ गतेसम्म जान्छ जस्तो लाग्छ ? भन्दै प्रश्न गरे ।

एमाले पार्टीको आन्तरिक जीवन कुनै समस्यामा नभएको उनले स्पष्ट पारे । ‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमाले भित्र जुन ध्रुव देखिएको छ के तपाईंहरूलाई लाग्छ यो मंसिर २९ गतेसम्म रहला ? मंसिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन’, उनले भने ।

उनले अध्यक्ष केपी ओलीकै नेतृत्वमा फेरी पनि नेकपा एमाले अघि बढ्ने स्पष्ट पारे । ‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरि गोलबद्ध भएर पार्टीलाई एकताबद्ध बनाएर लिएर जाऊँ भन्ने भन्दा नमान्नु पर्ने कुनै विषय देख्दिनँ, यो सम्भव नै छैन भन्ने पनि मलाई लाग्दैन, प्रतिस्पर्धा भए पनि प्रतिस्पर्धा हुन्छ, नतिजा आउँछ, त्यसलाई मानेर अघि बढ्नु पर्छ’, उनले भने ।

एमालेलाई निरङ्कुश छ भन्ने भ्रम फिँजाउने प्रयास भइरहेको बताउँदै उनले तर एमाले आन्तरिक लोकतन्त्रको च्याम्पियन पार्टी भएको दाबी गरे । एमालेले लिने नीति देशको नीति बन्ने उनको भनाइ छ ।

महाधिवेशनमा सहभागी हुँदा एमालेको सदस्य मात्रै हुने बताउँदै पौडेलले आफू लाखौँ कार्यकर्ता जस्तै कार्यकर्ता भएको स्पष्ट पारे । ‘मेरो भन्दा पनि पार्टीको स्थान के भनेर सोच्नु पर्छ, मेरो ठाउँ के भनेर ङार्रङुर्र गर्नुपर्दैन, हजारजना कार्यकर्ता भित्र परिहाल्छु,त्यही बसेर काम गर्दा हुन्छ, केही फरक पर्दैन’, उनले भने ।

पौडेलले आजसम्म पार्टीमा पाएको जिम्मेवारी मागेर नलिएको पनि बताएका छन् ‘पार्टीले उचित जिम्मेवारी दिन्छ, मैले के पाउँछु भनेर आजसम्म सोचेको छैन’, उनले थप भने, ‘म महासचिवको उम्मेदवार होइन, म यस अघि नै महासचिव भएर काम गरिसकेको मान्छे हुँ, ११ औँ महाधिवेशनमा मेरो उम्मेदवारी हुन्छ तर अध्यक्ष र महासचिवबाहेक। मैले केपी ओलीलाई समर्थन गरिसकेको छु, महासचिव भइसकेको छु, त्यसैले काहीँ न काहीँ उम्मेदवारी त हुन्छ, तर पछि नै तय हुन्छ’, उनले भने ।

एमालेविरुद्ध चौतर्फी घेराबन्दी भएको बताउँदै पौडेलले तिनीहरूलाई जनताले घेराबन्दी गर्ने उनले बताए । ‘एमाले नपुगेको कुनै वडा र टोल छैन, हामी एमाले नपुरेको घर छैन भन्ने ठाउँमा यो पार्टीलाई पुर्‍याउने अभियानमा छौँ’, पौडेलले भने ।

एमाले गमलामा मल हालेर हुर्काएको पार्टी नभएको बताउँदै उनले एमाले सारा हण्डर, त्याग बलिदान र संघर्षबाट गुज्रिएको पार्टी भएको बताए । ‘कस्ता कस्ता प्रतिकूलता त सामना गरेको आएको एमालेलाई अहिलेको प्रतिकूलता केही होइन’, उनले भने ।

फरक प्रसङ्गमा उनले अहिले संविधान लिक बाहिर भएकोले त्यसलाई लिकमा ल्याउनु पर्ने बताए ।

‘हामी सबैभन्दा पहिला मुलुकलाई संविधानको लिकमा फर्काउन चाहन्छौँ, यससम्बन्धी निर्णय एमालेले सार्वजनिक गरिसकेको छ, प्रतिनिधि सभाको पुनर्स्थापना नै यसको सहज बाटो हो, प्रतिनिधि सभा पुनर्स्थापना गरी सहमतिको आधारमा संविधान, संशोधन गरेर शीघ्रातिशीघ्र एमाले निर्वाचनमा जान चाहन्छ’, पौडेलले भने ।

एमाले राजनीतिक अधिकारको पक्षमा, मौलिक अधिकार र मानव अधिकारको पक्षमा भएको बताउँदै उनले जेनजीले उठाएका माग सम्बोधन गर्न एमाले तयार रहेको बताए ।

सरकार चुनाव गराउने मनस्थितिमा नरहेको बताउँदै उनले चुनाव भन्ने भन्दा पनि गर्ने कुरा भएको बताए। त्यसका लागि अनुकूल वातावरण बनाउनु पर्ने उनको धारणा छ ।

‘दललाई किनारामा राखेर, नेताहरूलाई अपमान गरेर, स्थानहद तोकेर, बहुदलीय व्यवस्थामा चुनाव हुन सक्दैन, भयपूर्ण वातावरणमा मतदाताले मत खसाल्न सक्दैनन्, यो सरकारले चुनाव गराउँछ भन्ने कुरामा हामी आश्वस्त छैनौँ’, उनले भने ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  २ : ५९ बजे

झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र विराटनगरको प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा

महानिर्देशक अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा (तस्बिरहरू)

काठमाडौं– नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत ६ जनाविरुद्ध

प्रशासन कार्यालय सञ्चालनमा आएपछि ८३४ सेवाग्राहीले राहदानी पाए

नेपालगञ्ज– जेन-जी प्रदर्शनपछि अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयको सेवा सञ्चालनमा

बेल्जियमद्वारा रूसी सम्पत्ति प्रयोग योजना अस्वीकार

ब्रसेल्स– बेल्जियम सरकारले आगामी दुई वर्षका लागि युक्रेनको आर्थिक र