एमाले महाधिवशेन : दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गियो « Khabarhub

एमाले महाधिवशेन : दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गियो


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गिएको छ । 

महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलका अनुसार ओखलढुङ्गा र धनकुटाबाहेक सबै भूगोल, गैरभूगोलको  प्रतिनिधि छनोट सकिएको छ । उनले ती दुई जिल्लामा पनि चार दिनभित्रमा प्रतिनिधि निर्वाचन गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिए ।

केही जिल्लामा प्रतिनिधि छनोट विधिअनुसार नभएकाले छानबिन भइरहेको उनले बताए।  सचिव ढुङ्गेलले सबै जिल्लाबाट छनोट गरिएका प्रतिनिधि प्रदेश कमिटीको कार्यालयमा विवरण सङ्कलन भइरहेको जानकारी दिए । 

‘प्रतिनिधिका विवरण प्रदेश कमिटीमा महाधिवेशन शुल्कसहित संकलन भइरहेको छ’, उनले भने, ‘एक दुई दिनमा सबै प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा आउने छ र हामीले उक्त प्रतिनिधि कार्ड बनाएर वितरण गर्ने छौँ ।’

महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशनमा सहभागी हुने आयोजकलाई तीन हजार र प्रतिनिधिलाई रु दुई हजार शुल्क तोकिएको छ । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ ।  
 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ३ : ०९ बजे

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन- निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले