मधेशका मुख्यमन्त्रीले दिए राजीनामा, एमालेले एक महिनामा गुमायो प्रदेश प्रमुखदेखि सभामुखसम्म « Khabarhub

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा, एमालेले एक महिनामा गुमायो प्रदेश प्रमुखदेखि सभामुखसम्म


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार पदबाट राजीनामा दिएका छन् ।

बुधबार मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिन नपाउने अवस्था भएपछि उनले २२ दिनमै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । कानुनत: २५ दिनभित्र विश्वासको मत परीक्षण गर्नुपर्ने हुन्छ ।

विश्वासको मत पाउने नदेखिएपछि बैठकमा विश्वासको मत लिनुअघि नै राजीनामा दिएका छन् । उनलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा मुख्यमन्त्रीमा नियुक्ति र शपथ खुवाएकी थिइन् ।

होटलम मुख्यमन्त्री नियुक्त गरेपछि भण्डारीलाई सरकारले त्यही दिन बर्खास्त गरेको थियो । यो विवादमा एमालेले मधेशको सभामुख पद पनि गुमाएको छ । त्यहाँ सभामुख रामचन्द्र मण्डल बहुमत प्रदेशसभा सदस्यबाट बर्खास्तीमा परिसकेका छन् ।

उनी गत ३ मंसिरमा पदमुक्त भए । उनीविरुद्ध दर्ता भएको पदअनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएको थियो ।

सभामुख मण्डलविरुद्धको प्रस्ताव दुईतिहाइ बहुमतभन्दा बढी मतले पारित भएको थियो । मण्डलविरुद्धको प्रस्तावको पक्षमा ७६ जना र विपक्षमा शून्य मत परेको थियो । १ सय ७ सदस्य रहेको प्रदेशसभामा दुईतिहाइ पुग्न ७२ मत चाहिन्छ ।

नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले अविश्वासको प्रस्तावको पक्षमा मत दिएका थिए । एमालेको आत्मघाती कदमले ऊ अहिले मधेशमा पूरै एक्लिएको छ ।

कात्तिक २४ मा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा यादवलाई नियुक्त गरिएको थियो ।

संविधानको धारा १६८(३) बमोजिम संसद्को ठुलो दलको हैसियतले एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको जिकिर त्यसबेला गरिएको थियो ।

होटलमै त्यसबेला एमाले सांसद लखन दास तत्मा, नेपाल सङ्घीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी र राप्रपाकी सांसद कन्चन बिच्छालाई विना विभागीय मन्त्रीको शपथ पनि गराइएको थियो ।

त्यसअघि विश्वासको मत नपाउने भएपछि कात्तिक २२ गते मात्रै जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ३ : २६ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका