मधेशका मुख्यमन्त्रीले दिए राजीनामा, एमालेले एक महिनामा गुमायो प्रदेश प्रमुखदेखि सभामुखसम्म « Khabarhub

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा, एमालेले एक महिनामा गुमायो प्रदेश प्रमुखदेखि सभामुखसम्म


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार पदबाट राजीनामा दिएका छन् ।

बुधबार मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिन नपाउने अवस्था भएपछि उनले २२ दिनमै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । कानुनत: २५ दिनभित्र विश्वासको मत परीक्षण गर्नुपर्ने हुन्छ ।

विश्वासको मत पाउने नदेखिएपछि बैठकमा विश्वासको मत लिनुअघि नै राजीनामा दिएका छन् । उनलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा मुख्यमन्त्रीमा नियुक्ति र शपथ खुवाएकी थिइन् ।

होटलम मुख्यमन्त्री नियुक्त गरेपछि भण्डारीलाई सरकारले त्यही दिन बर्खास्त गरेको थियो । यो विवादमा एमालेले मधेशको सभामुख पद पनि गुमाएको छ । त्यहाँ सभामुख रामचन्द्र मण्डल बहुमत प्रदेशसभा सदस्यबाट बर्खास्तीमा परिसकेका छन् ।

उनी गत ३ मंसिरमा पदमुक्त भए । उनीविरुद्ध दर्ता भएको पदअनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएको थियो ।

सभामुख मण्डलविरुद्धको प्रस्ताव दुईतिहाइ बहुमतभन्दा बढी मतले पारित भएको थियो । मण्डलविरुद्धको प्रस्तावको पक्षमा ७६ जना र विपक्षमा शून्य मत परेको थियो । १ सय ७ सदस्य रहेको प्रदेशसभामा दुईतिहाइ पुग्न ७२ मत चाहिन्छ ।

नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले अविश्वासको प्रस्तावको पक्षमा मत दिएका थिए । एमालेको आत्मघाती कदमले ऊ अहिले मधेशमा पूरै एक्लिएको छ ।

कात्तिक २४ मा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा यादवलाई नियुक्त गरिएको थियो ।

संविधानको धारा १६८(३) बमोजिम संसद्को ठुलो दलको हैसियतले एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको जिकिर त्यसबेला गरिएको थियो ।

होटलमै त्यसबेला एमाले सांसद लखन दास तत्मा, नेपाल सङ्घीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी र राप्रपाकी सांसद कन्चन बिच्छालाई विना विभागीय मन्त्रीको शपथ पनि गराइएको थियो ।

त्यसअघि विश्वासको मत नपाउने भएपछि कात्तिक २२ गते मात्रै जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ३ : २६ बजे

नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित

चीनसहित पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं- उत्तरी छिमेकी चीनसहित पाँच देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र

रास्वपा छाडेका बागमतीका उपसभापति हुमागाईं कांग्रेसमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चकाे आदेश

काठमाडौं- सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् हिन्दु धर्म

पोखरा विमानस्थलमा भ्रष्टाचार विवाद : पूर्वसचिव सुशील घिमिरेसँग मागियो डेढ लाख रुपैयाँ धरौटी

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागत अस्वाभाविक रूपमा बढाएर नेपाल