महानिर्देशक अधिकारीलाई पुर्‍याइयो विशेष अदालत, १३ करोडको भ्रष्टाचार मुद्दा « Khabarhub

महानिर्देशक अधिकारीलाई पुर्‍याइयो विशेष अदालत, १३ करोडको भ्रष्टाचार मुद्दा


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयनका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले क्यानका महानिर्देशक महानिर्देशक प्रदीप अधिकारी, निर्देशक मुरारी भण्डारी, उप्रवन्धक तथा इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नलबिक्रम थापा अभियन्त्र कन्सल्टिङ प्रालिका म्यानेजिङ डाइरेक्टर विजय थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालि विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भक्तपुरको नलिञ्चोकमा हेलिपोड निर्माणको क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा सबै प्रतिवादीहरूलाई प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७७ पैसा बिगो कायम गरेर मुद्दा दायर भएको विशेष अदालतले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको विषयमा मुद्दा दायर भएको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जनाएका छन् । उनले महानिर्देशक अधिकारीको विरुद्धमा सोही ऐनको दफा २४ अनुसार थप सजाय समेत माग भएको बताए ।

बुधबार समय अभावले थुनछेकको बहस शुक्रबार मात्रै हुने प्रवक्ता लामिछानेले बताए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी








प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ३ : ४१ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३