सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल « Khabarhub

सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी पुस २७ गतेदेखि काठमाडौंमा हुने १५औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा जुटेका छन् ।

थापानिकट नेताहरूका अनुसार उनले सभापतिमा उठ्नका लागि टिम निर्माणदेखि अन्य रणनीतिक तयारी थालेका हुन् ।

उनकै सचिवालयका एकजना सदस्य शंकर कुइँकेलका अनुसार थापाले १५ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारी गरिरहेका छन् ।

कांग्रेसबाट वर्तमान सभापति शेरबहादुर देउवा बिदा हुँदा गगनसहित १४ औँमा पराजित नेता डा. शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि बलिया दाबेदार हुन् ।

‘गगन दाइले सभापतिका लागि तयारी गरिरहनुभएको छ । त्यसका लागि उहाँ योग्य हुनुहुन्छ’, कुइँकेलले भने, ‘जेन-जी आन्दोलनपछिको परिस्थिति र वर्तमान नयाँ पुस्ताले खोजेको नेतृत्वका लागि उहाँको योग्यताका पुग्छ । उहाँ यसपटक सभापतिमा जसरी पनि उठ्नुहुन्छ ।’

कुइँकेलले अहिले थापा क्रियाशील सदस्यमा देखिएको विवाद मिलाउने काममा लागिरहेका छन् । बुधबार पनि थापा त्यही बैठकमा सहभागी थिए ।

गगन अहिले आफ्नो टिम कस्तो बनाउने दिशामा छलफलमा छन् । ‘टिम कस्तो बन्छ अहिले पूरै छलफल हुन पाएको छैन । यो पटक सभापतिको उम्मेदवारीबाट उहाँ पछि हट्नुहुन्न’, उनी भन्छन् ।

कांग्रेस संस्थापन इतर समूहका नेता थापाले सभापतिमा उठ्ने तयारी गरेसँगै अन्य नेताका लागि चुनौती भएको छ। संस्थापन इतरबाट नेता कोइराला यस पटक पनि उठ्दैछन् । गगन र शेखरबीचको आगामी वार्ता र छलफलले पनि सभापतिको उम्मेदवार तय गर्नेछ ।

डा. शेखर कोइरालाले मंगलबार खबरहबसँगको कुराकानीमा आफू १५ औँ महाधिवेशनमा सभापतिको दाबेदार रहेको बताएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ४ : ५२ बजे

इरान-अमेरिका वार्तामा पाकिस्तानको मध्यस्थतालाई चीनको समर्थन

बेइजिङ- चीनले इरान र अमेरिकाबीच जारी तनाव समाधानका लागि पाकिस्तानसहित अन्य

संसद्‌मा सांसदहरूको माग- यस वर्ष मल अभाव नहोस् 

काठमाडौं– प्रतिनिधिसभाका सांसदले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै

गोप्य अंग सफा गर्न भि-वास प्रयोग गर्नुहुन्छ ? सावधान, यसले हानि पनि पुर्‍याउन सक्छ 

काठमाडौं– पछिल्लो समय धेरै महिलाहरू र किशोरीहरूले भि-वास  प्रयोग गर्दा

उपचारका लागि आर्थिक सहयोग संकलन नगर्न न्यायाधीश श्रेष्ठको आग्रह

 काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोग

नेपाल संस्कृत विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रिया सुरु  

काठमाडौं– सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिका लागि प्रक्रिया