सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश « Khabarhub

सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीलाई कारण देखाऊ आदेश जारी गरेको छ।

संवैधानिक इजलासले उनीहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो।

एमालेले दायर गरेको रिटमा सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति नै असंवैधानिक भएको दाबी गरिएको छ। 

रिटमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते गरेको कार्कीको नियुक्ति, शपथदेखि अन्य सबै निर्णय र नियुक्तिहरू बदर गर्न माग गरिएको छ। एमालेले कार्की नेतृत्वको सरकारलाई नै अवैध दाबी गर्दै त्यसपछि भएका सम्पूर्ण सरकारी काम, निर्णय र नियुक्ति रद्द गर्नुपर्ने माग गरेको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : ४६ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा