एक करोड २५ लाख बढी ठगी गर्नेसहित तीन जना पक्राउ « Khabarhub

एक करोड २५ लाख बढी ठगी गर्नेसहित तीन जना पक्राउ


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभमा फसाएर ठगी हुनेक्रम बढिरहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगिएको भनेर कार्यालयमा दैनिक चार-पाँच वटा उजुरी आउने गरेको छ । 

कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उजुरीको छानबिन गरी पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने अभियानमा टोली नै परिचालन गरिएको र केही परिणाम आइरहेको बताए। 

उनले आज मात्रै करोडौँ ठगीको आरोपमा तीन जनालाई पक्राउ गरी कारबाहीका लागि प्रहरी कार्यालयमा पठाइएको बताए। उनले भने, ‘तर उजुरी आइरहेको र यसरी रोजगारीका नाममा भएका ठगिका घटना बढ्दो नै छ ।’

सूचना अधिकारी आचार्यले पीडितबाट एक करोड २५ लाख बढी ठगी गरेका एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए। यसरी पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका घर भई हाल ललितपुर बस्ने श्यामचन्द्र अधिकारी रहेका छन् ।

अल्बानिया, अजरबैजान मेमोडोनिया सर्बियालगायतका देशहरू पठाउने भनी मानिसबाट रु एक करोड २५ लाख ७८ हजारभन्दा बढी पैसा उठाएर ठगी गरेको उजुरीमा अधिकारीलाई पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने अन्य दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । नवलपरासी घर भई हाल काठमाडौँ बस्ने दिलबहादुर सारु मगरले सर्बिया पठाउने भनेर रु चार लाख ५० हजार ठगी गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो । 

त्यस्तै सर्लाही घर भई ललितपुरका चन्द्रभूषण प्रसादलाई रु तीन लाख ८० हजार ठगीको आरोपमा पक्राउ गरिएको छ । सूचना अधिकारी आचार्यका अनुसार अब्लानिया पठाउने भनेर रकम ठगी गरेको पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको छ । 

उनीहरू तीनै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।
 

 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : २३ बजे

ट्रम्पको बेइजिङ यात्रामा के के भयो उपलब्धि ? यसो भन्छन् चिनियाँ विदेशमन्त्री

बेइजिङ- गत ३१ वैशाखदेखि जेठ १ गतेसम्म दुई दिन अमेरिकी

प्राविधिक शिक्षा विस्तारमा नेपालसँग सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा

काठमाडौं– नेपालको तीन दिने भ्रमणमा रहेकी संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’

सरकार वाचापत्रअनुसार अघि बढिरहेको छ : शिक्षामन्त्री पोखरेल 

काठमाडौं– शिक्षामन्त्री सस्मित पोखरेलले सरकार वाचापत्रअनुसार अघि बढिरहेको बताएका छन्

फिलिपिन्समा नौ तले भवन ढल्दा दर्जनौँ कामदार फसे

मनिला– फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ

बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

काठमाडौं– नेपालको भ्रमणमा रहेकी बेलायतीमन्त्री सीमा मल्होत्राले पशुपतिनाथको दर्शन गरेकी