पाल्पामा ६० क्वीन्टल अवैध युरिया मल बरामद « Khabarhub

पाल्पामा ६० क्वीन्टल अवैध युरिया मल बरामद


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पाल्पा – साठी क्वीन्टल अवैध युरिया मल बरामद भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणमा अवैध मल बरामद गरेको हो ।

स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लुप्र ०१–००१ ख ०९५९ नम्बरको मिनी ट्रकलाई रोकी जाँच गर्दा ६० क्वीन्टल मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले जानकारी दिए ।

उनले भने “विना विल बिजक मल ल्याइएको छ । जहाँ कृषक युरिया वितरक कृषि सामग्री कम्पनी लिमिटेड कुलेश्वर काठमाडौँ लेखिएको छ ।” नियन्त्रणमा लिएको अवैध मल, ट्रक र ट्रक चालकसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय रुपन्देही पठाइएको प्रहरी निरीक्षक ठकुरीले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ८ : ५७ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,