पेरुमा यात्रुवाहक बस नदीमा खस्दा छ जनाको मृत्यु १७ जना बेपत्ता | Khabarhub Khabarhub

पेरुमा यात्रुवाहक बस नदीमा खस्दा छ जनाको मृत्यु १७ जना बेपत्ता


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी  – उत्तर पश्चिम पेरुमा एउटा बस नदीमा खस्दा छ जनाको मृत्यु तथा १७ जना बेपत्ता भएका छन् । 

अधिकारीहरूका अनुसार बस बिहीबार साँझ लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको थियो । उक्त बस शुक्रबार बिहान पाकोसबाम्बा नदीमा खसेको थियो, जसमा १७ जना यात्रुहरू हालसम्म बेपत्ता रहेका छन् । 

स्थानीय मिडियाले सडकको खराब अवस्थालाई सम्भावित कारणको रूपमा उद्धृत गरेका छन् । घटनास्थलमा प्रहरी र सिभिल डिफेन्स टोली तैनाथ भएकाले उद्धार कार्य जारी रहेको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १ : ५० बजे

खुमलटारविरुद्ध संकटाको सानदार जीतमा पेम्बाको ह्रयाट्रिक

 काठमाडौं– संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जीत हासिल गरेको

भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो

काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी बुद्ध एयरको एउटा जहाज

बंगलादेशमा हसिना कालका पूर्वप्रहरी महानिरीक्षक पक्राउ

ढाका– शेख हसिना कालका बंगलादेशका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका

पुष्पा : २ ले तोडयो बलिउडका कयौँ रेकर्ड, आमिर निर्मित दङ्गललाई उछिन्न बाँकी

मुम्बई- अल्लु अर्जुन अभिनित पुष्पा २ : द रुलले बक्स

मधेशकी तत्कालीन सचिव नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन