नेपालमा पहिलोपटक अत्याधुनिक लिडार प्रविधिबाट हिमाली वन मापन « Khabarhub

नेपालमा पहिलोपटक अत्याधुनिक लिडार प्रविधिबाट हिमाली वन मापन


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कास्की र मुस्ताङमा पहिलोपटक अत्याधुनिक प्रविधि लाइट डिटेक्सन एन्ड र्‍याङ्गिङ (लिडार)बाट हिमाली वन मापन गरिएको छ ।

जर्मनीको यूनिर्भसिटी अफ गोटिङ्गेनमा वनविज्ञानमा विद्यावारिधि गरिरहेका किशोरप्रसाद भट्ट नेतृत्वको समूहले हालसालै कास्की र मुस्ताङमा लिडार प्रविधिबाट हिमाली वन मापन गरेको हो ।

लिडार प्रविधिअन्तर्गत ‘मोबाइल लेजर स्क्यानिङ’ प्रयोग गरी वन क्षेत्रका प्लटहरूमा रुख मापन गरिन्छ । भट्टले दुई जिल्लाका ९० प्लटमा रुख मापन गरिएको जानकारी दिए । उनका अनुसार कास्की र मुस्ताङका ९० वटा प्लटमा झण्डै ६ हजार ५०० रुख मापन गरिएको छ ।

‘यो प्रविधिबाट वन क्षेत्रको ५०० वर्गमिटर प्लटमा रुख नाप्न बढीमा १० मिनेट लाग्छ । सो यन्त्र समातेर प्लटभर एउटा चक्र बनाएर घुमायो भने छोटो समयमै प्लट भित्रका सबै रुख नाप्न सकिन्छ,’ भट्टले भने, ‘यही प्रविधि प्रयोग गरी हामीले ३६ सयदेखि ४१ सय मिटरमा अवस्थित हिमाली वन नापेका हौँ ।’

भट्टका अनुसार यो प्रविधिबाट सहज रूपमा छोटो समयमै वन नापेर तथ्याङक प्राप्त गर्न सकिन्छ । नेपालजस्तो भौगोलिक जटिलता भएको मुलुकमा यो प्रविधि अत्यन्तै उपयोगी र वन मापन पनि आर्थिक हिसाबले सस्तो पर्ने भट्टले जानकारी दिए ।

भट्टले यूनिर्भसिटी अफ गोटिङ्गेन, रुफर्ड ग्रान्ट यूकेको प्राविधिक तथा आर्थिक सहयोग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको स्थलगत सहयोगमा वन मापन सम्पन्न भएको बताए ।

वन स्रोतहरूको मूल्याङ्कन, दीगो वन व्यवस्थापन, जैविक विविधताको संरक्षण र वैज्ञानिक अनुसन्धानका लागि वन मापन अपरिहार्य मानिन्छ । नेपालको हिमाली प्रदेशको करिब ३० प्रतिशत क्षेत्रफल ओगटेको हिमाली वन जलवायु परिवर्तनका कारण बढी संवेदनशील छन् ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले विगत केही वर्षदेखि अत्याधुनिक प्रविधिहरू जीआईएस म्यापिङ, टेरिस्टियल लेजर स्क्यानिङ आदि प्रयोग गरी वन नाप्दै आएको छ ।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले लिडार प्रविधिअन्तर्गत टेरिस्टियल लेजर स्क्यानिङ प्रविधि तराईका वनमा प्रयोग गरिरहेको भए पनि मोबाइल लेजर स्क्यानिङ हिमाली क्षेत्रमा पहिलोपटक प्रयोग भएको भट्टले बताए ।

यसअघि नेपालमा ठूलो मानवीय जनशक्ति खर्च गरी आयतन टेप, भरटेक्स, सुन्टो कम्पास र डेन्सियोमिटरजस्ता यन्त्र प्रयोग गरेर वन मापन हुँदै आएको थियो ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ४ : २६ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग