सिरियाले दमास्कसबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने « Khabarhub

सिरियाले दमास्कसबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सिरियाले दमास्कसस्थित देशको मुख्य विमानस्थलमा आगामी हप्तादेखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने जनाएको छ ।

सिरियाका राष्ट्रपति बसर अल असदलाई गत महिना पदच्युत गरिएको र तत्कालीन सरकार र विद्रोहीबिचको द्वन्द्वका कारण अवरुद्ध उडान सेना सुचारु गरिएको हो ।

‘मगलबारदेखि दमास्कस विमानस्थलमा अन्तर्राष्ट्रिय विमानको उडान र अवतरण गर्न सुरु गर्नेछौँ,’ नागरिक उड्डयन र हवाई यातायातको सामान्य प्राधिकरणका प्रमुख अशद अल–सालिबीलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सानाले उल्लेख गरेको छ ।

‘हामी अरब र अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आश्वस्त पार्छौँ कि हामीले हाम्रा साझेदारहरूको सहयोगमा अलेप्पो र दमास्कस विमानस्थलहरूको पुनर्स्थापनाको चरण सुरु गरेका छौँ, ताकि उनीहरूले विश्वभरका उडानहरूलाई स्वागत गर्न सकून्,’ उनले भने। 

अन्तर्राष्ट्रिय सहायता विमान र विदेशी कूटनीतिक प्रतिनिधिमण्डल सिरियामा अवतरण गरिसकेका छन् । आन्तरिक उडान पनि सुचारु भएको छ ।

बिहीबार कतार एयरवेजले करिब १३ वर्षपछि सिरियाली राजधानी दमास्कसमा उडान सुरु गर्ने घोषणा गरेको थियो ।

कतारका एक अधिकारीले गत महिना एएफपीलाई बताएअनुसार दोहाले नयाँ सिरियाली अधिकारीलाई दमास्कस विमानस्थलमा उडान सुचारु गर्न सहयोगको प्रस्ताव गरेको थियो ।

गत डिसेम्बर ८ मा इस्लामिक नेतृत्वको विद्रोहीले असदलाई सत्ताच्यूत गरेपछि शनिबार पहिलो उडान दमास्कस विमानस्थलबाट उत्तरी प्रान्त अलेप्पोका लागि उडेको एएफपीका पत्रकारहरूले जनाएका छन् ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ६ : ०८ बजे

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने

कांग्रेसले फागुन २१ को चुनावका लागि देशभर केन्द्रीय संयन्त्र परिचालन गर्ने

काठमाडौं– आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै नेपाली

माओवादीका राजेश लामा एमाले प्रवेश

काठमाडौँ – नेकपा माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष

पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले आतंकवादी आक्रमणको प्रतिक्रिया

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’