म्यान्माको सैनिक सरकारद्वारा छ हजार कैदीलाई आममाफी दिने | Khabarhub Khabarhub

म्यान्माको सैनिक सरकारद्वारा छ हजार कैदीलाई आममाफी दिने


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

म्यान्मा – म्यान्मारको जुन्टा सरकारले देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा वार्षिक आममाफी अन्तर्गत करिब छ हजार कैदीलाई रिहा गर्ने शनिबार घोषणा गरेको छ । म्यान्मारमा सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि सेनाले हजारौं प्रदर्शनकारी र अधिकारकर्मीलाई पक्राउ गरिसकेको छ ।

म्यान्मा ७७ वर्ष पहिले बेलायती औपनिवेशिक शासनबाट जनवरी ४ मा स्वतन्त्र भएको थियो । स्वतन्त्रता दिवसको अवसरमा शनिबार एक विज्ञप्ति जारी गर्दै १८० विदेशीसहित पाँच हजार ८०० भन्दा बढी कैदीलाई रिहा गरिने जुन्टा सरकारले जनाएको छ ।

आममाफीमा सामेल भएकामध्ये करिब ६०० जनालाई दण्ड संहिताको धारा ५०५ (ए) अन्तर्गत सजाय सुनाइएको जुन्टाका प्रवक्ता जाउ मिन तुनले सञ्चारमाध्यमलाई दिएको अडियो वक्तव्यमा उल्लेख छ । कानुनले सेनालाई कमजोर पार्ने कुनै पनि कार्यलाई निषेध गरेको छ र बढीमा तीन वर्षको जेल सजायको व्यवस्था गरेको छ।

माफी दिइएका विदेशीमध्ये अधिकांश थाइल्याण्डका नागरिक रहेको र उनीहरुलाई सीमामा रहेको क्यासिनोमा पक्राउ गरिएको उनले बताए । सेनाले मानवीय र अनुकम्पाको आधारमा माफीको आदेश दिएको जनाएको छ । जुन्टाले आजीवन कारावासको सजाय सुनाइएका १४४ जनाको सजाय घटाएर १५ वर्षमा झार्ने पनि घोषणा गरेको छ ।

म्यान्माले कैदीहरूलाई बिदा वा बौद्ध चाडहरूको उपलक्ष्यमा आममाफी दिने गरेको छ।गत वर्ष जुन्टा सरकारले स्वतन्त्रता दिवसको अवसर पारेर नौ हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको थियो ।

राजधानी न्यापितमा शनिबार आयोजित वार्षिक स्वतन्त्रता दिवस समारोहमा करिब ५०० सरकारी तथा सैन्य उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित नभएका जुन्ता प्रमुख मिन आङ ह्लाइङले दिएको सम्बोधनलाई उपसेना प्रमुख सोइ विनले सम्बोधन गरेका थिए ।

सोइ विनले विगत चार वर्षदेखि हतियार त्याग्न र ‘शान्तिपूर्ण तरिकाले राजनीतिक मुद्दाको समाधान गर्न’ दर्जनौं जातीय अल्पसङ्ख्यक सशस्त्र समूहलाई जुन्टाले गरेको आह्वानलाई दोहोर्‍याए । उनले ढिला गरी लोकतान्त्रिक निर्वाचन गराउने सैन्य प्रतिबद्धता दोहो-याए र राष्ट्रिय एकताका लागि आह्वान गरे ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १० : ४३ बजे

अनावश्यक ठाउँमा बजेट विनियोजन भएको भए कार्यान्वयन हुँदैन : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षका लागि

भारतबाट नेपाल आउँदा पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सकिन्छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले

चलचित्र बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

काठमाडौं– चलचित्र विकास बोर्डले आफ्ना ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट

एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा बिक्री

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा कृषि फार्मका सञ्चालक

सुनमा दुई प्रतिशत विलासिता कर : उपभोक्तालाई भार, तस्कर मालामाल !

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते सङ्घीय