छिन्नमस्ता गाउँपालिकाद्वारा निःशुल्क विद्युतीय मिटर वितरण « Khabarhub

छिन्नमस्ता गाउँपालिकाद्वारा निःशुल्क विद्युतीय मिटर वितरण


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जिल्लाको छिन्नमस्ता गाउँपालिकाले विद्युत् पहुँचबाट टाढा रहेका पालिकाभित्रका परिवारलाई निःशुल्क विद्युतीय मिटर वितरण गरेको छ । पालिकाभित्रका दलित समुदायका एकल र विपन्न ५९ महिलालाई पालिकाले आज निःशुल्क विद्युतीय मिटर उपलब्ध गराएको हो ।

मिटर हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष विद्यानन्द चौधरीले विद्युत् पहुँच विस्तारसँगै आपूर्तिले उनीहरूको जीवनयापन सहज हुने विश्वास व्यक्त गरे । “विद्युत् पछिल्लो समय सबैका लागि आधारभूत आवश्यकता जस्तै बनेको छ । यसको अभावले ती परिवारले हरेक दिन अनेकौँ कठिनाइ भोगिरहेका थिए । बत्ती नहुँदा बालबालिकाको पढाइमा बाधा, महिलाको घरधन्दा र सानातिना रोजगारीका काममा अप्ठ्यारो भएको”, उनले भने, “आर्थिक अभावले उहाँहरू सुविधाबाट बञ्जित हुनुहुन्थ्यो ।”

उज्यालोको सुविधा भएसँगै यहाँका ५९ परिवारको शिक्षा, रोजगारी र दैनिक कार्यमा सहज हुने बताएका छन् । छिन्नमस्ता गाउँपालिकाले आन्तरिक स्रोत र क्षमताभित्र रहेर आगामी दिनमा एकल महिला, विपन्न वर्ग र दलित समुदायलाई यस्ता सुविधा उपलब्ध गराउँदै जाने अध्यक्ष चौधरीले बताए ।

मिटर वितरणले विद्युतीय चुहावट कम हुने र विद्युतीय दुर्घटनामा पनि कमी आउने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १० : ५५ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्