छिन्नमस्ता गाउँपालिकाद्वारा निःशुल्क विद्युतीय मिटर वितरण « Khabarhub

छिन्नमस्ता गाउँपालिकाद्वारा निःशुल्क विद्युतीय मिटर वितरण


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जिल्लाको छिन्नमस्ता गाउँपालिकाले विद्युत् पहुँचबाट टाढा रहेका पालिकाभित्रका परिवारलाई निःशुल्क विद्युतीय मिटर वितरण गरेको छ । पालिकाभित्रका दलित समुदायका एकल र विपन्न ५९ महिलालाई पालिकाले आज निःशुल्क विद्युतीय मिटर उपलब्ध गराएको हो ।

मिटर हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष विद्यानन्द चौधरीले विद्युत् पहुँच विस्तारसँगै आपूर्तिले उनीहरूको जीवनयापन सहज हुने विश्वास व्यक्त गरे । “विद्युत् पछिल्लो समय सबैका लागि आधारभूत आवश्यकता जस्तै बनेको छ । यसको अभावले ती परिवारले हरेक दिन अनेकौँ कठिनाइ भोगिरहेका थिए । बत्ती नहुँदा बालबालिकाको पढाइमा बाधा, महिलाको घरधन्दा र सानातिना रोजगारीका काममा अप्ठ्यारो भएको”, उनले भने, “आर्थिक अभावले उहाँहरू सुविधाबाट बञ्जित हुनुहुन्थ्यो ।”

उज्यालोको सुविधा भएसँगै यहाँका ५९ परिवारको शिक्षा, रोजगारी र दैनिक कार्यमा सहज हुने बताएका छन् । छिन्नमस्ता गाउँपालिकाले आन्तरिक स्रोत र क्षमताभित्र रहेर आगामी दिनमा एकल महिला, विपन्न वर्ग र दलित समुदायलाई यस्ता सुविधा उपलब्ध गराउँदै जाने अध्यक्ष चौधरीले बताए ।

मिटर वितरणले विद्युतीय चुहावट कम हुने र विद्युतीय दुर्घटनामा पनि कमी आउने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १० : ५५ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य