जितको खोजीमा रहेको नेपाल आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै « Khabarhub

त्रिदेशीय महिला टी-२०

जितको खोजीमा रहेको नेपाल आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जितको खोजीमा रहेको नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। त्रिदेशीय महिला टी-२ शृङ्खलामा लगातार तीन खेलमा पराजित नेपालले तीन खेलमा अपराजित थाइल्याण्डसँग दिउँसो १२:१५ बजे प्रतिस्पर्धा गर्न लागेको हो।

घरेलु मैदानमा नेपालमाथि जितको दबाब छ भने पाहुना टोली थाइल्याण्ड अपराजित यात्रालाई कायम राख्न उच्च मनोबलका साथ मैदानमा हुनेछ।

पहिलो खेलमा नेदरल्याण्ड्सँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले चुक्यो। तेस्रो खेलमा आइतबार नेपाल फेरि नेदरल्याण्ड्सँग १५ रनले पराजित भयो।

नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा केही महत्त्वपूर्ण अवसर गुमाउँदा जितका लागि संघर्ष गर्नु परेको छ। बलिङ राम्रो हुँदा ब्याटिङमा कमजोर देखिएको नेपालले प्रतियोगिता सुरु हुनुभन्दा अगाडि घरेलु मैदानमा त्रिदेशीय ट्रफी उचाल्ने सपना देखेको थियो। तर, नेपाल अहिले आफ्नै मैदानमा पहिलो जितका लागि संघर्ष गरिरहेको छ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई आठ विकेटले हराएको थाइल्यान्डले दोस्रो खेलमा नेपाललाई चार विकेट हराएको थियो। तेस्रो खेलमा नेदरल्याण्ड्सलाई १७ रनले हराएको थाइल्याण्ड्सले तीन खेलबाट ६ अंक बनाएको छ।

तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले चार अंक जोड्दा नेपाल अंकबिहीन तालिकाको पुछारमा छ। आजको खेलमा पराजित भए नेपालको उपाधि यात्रा समाप्त हुनेछ। आजको जितले भने गणितीय सम्भावना कायमै रहनसक्छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ९ : ०४ बजे

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि