तस्करीको आशंकामा मालवाहक ट्रक नियन्त्रणमा « Khabarhub

तस्करीको आशंकामा मालवाहक ट्रक नियन्त्रणमा


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ।

सोमबार राति साढे ११ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-७ बाट लु१ख ७९६९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।

वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रकमा बिल बिजक भन्दा बढीको सामान देखिएपछि नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।

करिब २९ लाख ४८ हजार ९५३ रुपैयाँ बराबरको सामानको स्रोत खुलाउन नसकेपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको सापकोटाले बताए।

ट्रकमा हार्डवेयर, आल्मुनियम सिट, इलेक्ट्रो पेन्टिङ वेयर, कटप मेसिन, सब बिलेट, बालनट इन्सेललगायत सामान थिए। सामान र ट्रक मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १२ : ४१ बजे

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर– भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन्

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर