नुवाकोटका युवक यूएईमा मृत भेटिए, पठाएका थिए गाउँकै पुरुष र श्रीमतीले मर्न बाध्य बनाएको भ्वाइस म्यासेज « Khabarhub

नुवाकोटका युवक यूएईमा मृत भेटिए, पठाएका थिए गाउँकै पुरुष र श्रीमतीले मर्न बाध्य बनाएको भ्वाइस म्यासेज


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुवाकोटका एक युवक संयुक्त अरब इमिरेट्स (यूएई) स्थित कार्यरत कम्पनीमै झुण्डिएको अवस्थामा भेटिएका छन् ।

बेलकोटगढी नगरपालिका–१० गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी गत १८ माघमा कम्पनीमै मृत भेटिएका हुन् । उनी यूएईस्थित फाइब्रेक्स कन्सट्रक्सन ग्रुपमा कार्यरत थिए ।

मृतकका भाइ हरिहर तिवारीले त्यही कम्पनीमा कार्यरत नेपाली नारायण कार्कीमार्फत् घटनाको जानकारी पाएको बताए ।

तिवारी विगत १२ वर्षदेखि यूएईमा कार्यरत थिए । पछिल्लोपटक ८ वर्षदेखि उनी घर आएका थिएनन् ।

हरिहरका अनुसार कुबेर घरासयी कारणले नेपाल नआए पनि परिवारका सदस्य र साथीहरूसँग नियमित सम्पर्कमा थिए ।

अन्तिमपटक घटनाको एक सताअघि दाजुसँग कुरा भएको हरिहरले बताए । घटनाको केही दिनअघि उनले गाउँकै एक पुरुष र श्रीमतीका कारण मर्न बाध्य भएको भन्दै भ्वाइस म्यासेज गरेको हरिहर बताउँछन् ।

उनले आफ्नो दाइले आत्महत्या नगरेको र कसैले कर्तव्य गरेको हुनसक्ने आशंका गरे । घटना शंकास्पद रहेको भन्दै मृतकले नाम लिएका व्यक्तिहरूविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिन खोज्दा प्रहरीले इन्कार गरेको उनले बताए ।

बेलकोटगढी–१० का वडाअध्यक्ष प्रल्हाद थपलियासहित आफूहरू जाहेरी दिन गए पनि प्रहरीले नमिल्ने भन्दै फर्काइदिएको हरिहरले बताए । कम्पनीबाट शव नेपाल पठाइदिने खबर आएको भए पनि घटनाको सत्यतथ्य छानबिन नभई नबुझ्ने अडान परिवारको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी दुर्गाराज रेग्मीले मृतकका परिवार उजुरी दिन आएको पुष्टि गरे । उनले दुबई प्रहरीको अनुसन्धान रिपोर्ट वा अदालतको आदेशबिना मृतकको अडियोका आधरमा कसैलाई दोषी करार गर्न नसकिने बताए ।

‘१२ वर्षदेखि दुबईमै भएको मान्छेले नेपालका भएका मानिसका कारण म मर्दैछु भनेको आधारमा मात्र कसैमाथि कारबाही गर्न मिल्दैन’, रेग्मीले भने, ‘दुबई प्रहरीले शवसँगै पोष्टमार्टम र अनुसन्धान रिपोर्ट पनि पठाउँछ । त्यसपछि पनि अनुसन्धान गर्ने समय बाँकी रहन्छ । रिपोर्ट आउन दिनुस् भनेर पठाएको हुँ ।’

जिल्लामा जाहेरी लिन नमानेपछि आफूहरु प्रहरीको साइबर ब्यूरोमा गएकोमा त्यहाँ पनि जाहेरी लिन नमानेको मृतक परिवारले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १ : २० बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष