रविसहित १५ जनाविरुद्ध चितवनमा दर्ता भयो सहकारी ठगी मुद्दा « Khabarhub

रविसहित १५ जनाविरुद्ध चितवनमा दर्ता भयो सहकारी ठगी मुद्दा


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध उनी प्रतिनिधिसभामा निर्वाचित चितवनमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेसहित १५ व्यक्ति र ६ कम्पनीविरुद्ध मुद्दा दर्ता भएको छ । चितवनमा रविलाई सजिलो हुने गरी मुद्दा दर्ता गरिएको छ । रविलाई सहकारी ठगी मात्रै मुद्दा चलाइँदा अरु १२ जनालाई भने सङ्गठित अपराध कसुर पनि लगाइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि असोज ८ गते दर्ता गरेको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यसबेला रविको नाम किटान गरिएको थिएन ।

मंगलबार दर्ता भएको मुद्दामा रविसहित १५ जना प्रतिवादी छन् । त्यसैगरी गितेन्द्रबाबु राई अध्यक्ष रहेको गोर्खा मिडिया प्रालि र साहरा बचतसहित ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले तयार गरेको अनुसन्धान प्रतिवेदनमा उक्त सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको कुरा छ ।

सहकारीबाट गोर्खा मिडियासहित विभिन्न कम्पनीमा गएको रकमसहित ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट जम्मा २ करोड २५ लाख धरौटी बुझाएर छुटिसकेका छन् ।

पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत ठगी प्रकरणमा उनले गत पुस २५ गते ६५ लाख धरौटी तिरेका थिए ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत ठगी प्रकरणमा उनले माघ २ गते ६० लाख रुपैयाँ धरौटी बुझाएका थिए ।

उता रुपन्देहीको सुप्रिम सहकारी संस्थाको बचत रकम ठगीमा रविले माघ १३ गते १ करोड धरौटी बुझाएका थिए । प्रहरीले मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार प्रतिवादीहरूलाई कानुनी कारबाहीको माग गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवेदनको अध्ययनपछि थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट मुक्त भएका थिए।

लामिछानेलाई ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको थियो। कास्की, काठमाडौं रु रुपन्देही जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा लामिछाने निर्दोष भएको नदेखिएकाले धरौटी मागेका थिए ।

कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम र पर्साको सानोपाइला सहकारी संस्थाको रकम ठगेको आरोप लामिछानेसहितलाई लागेको थियो ।

यी सबै सहकारीका मुख्य सञ्चालक हाल फरार रहेका जीबी राई हुन् । उनका साझेदारमा छविलाल जोशी, रवि र कुमार रम्तेललगायत हुन् । कुमार रम्तेल अहिले कास्की जेलमा छन् । नेचर हर्ब्स जीबी र छविको संयुक्त लगानीको कम्पनी थियो ।

अब रविसहितविरुद्ध पर्सास्थित हाम्रो सानोपाइला सहकारी संस्थाको बचत रकम ठगीमा मुद्दा चल्न बाँकी छ। सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा यसअघि पनि अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलकहाँ बुझाइसकेको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  २ : ५३ बजे

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड  (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली

कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

कर्णाली– कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित

डोको बुन्दै, सीप सिकाउँदै

भोजपुर– भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने