महाकुम्भमा भुटानी राजा, मुख्यमन्त्री योगीसँगै गंगामा लगाए डुबुल्की « Khabarhub

महाकुम्भमा भुटानी राजा, मुख्यमन्त्री योगीसँगै गंगामा लगाए डुबुल्की


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले कुम्भमेलामा डुबुल्की लगाएका छन् सोमबार भारत पुगेका उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित गंगामा स्नान गरेका हुन् ।

लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका मुख्यमन्त्री योगी आदित्यनाथले भुटानका राजालाई गंगासम्मै लगेर गएका हुन् ।

भुटानी नरेशले गंगा पूजा र आरती पनि गरेका छन् । त्यसपछि उनी अक्षयबटधाम तथा लेटे हनुमानको पनि दर्शन र पूजा गर्न पुगे ।

मुख्यमन्त्री योगी आदित्यनाथ भुटानी राजालाई लिएर लखनउबाट बमरौली एयरपोर्टमा उत्रिए । त्यसपछि सडकमार्ग हुँदै दुवैजना कुम्भमा स्नान गर्न पुगे। अरैलीले घाटबाट बोट चढेर संगममा डुबुल्की लगाएको भारतीय सञ्चारमाध्यामले लेखेका छन् ।

योगी तथा भुटानका राजा आएपछि हनुमान मन्दिर तथा अक्षयबटमा श्रद्धालुका लागि ढोका बन्द गरिएको थियो। मंगलबार साँझ ४ बजेपछि श्रद्धालुका लागि उक्त स्थान खोलिने छ ।

अब बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महाकुम्भमा जाने छन् । मोदी आउने भएपछि मुख्यमन्त्री योगीले हेलिप्याडदेखि अरैलीघाटदेखि संगमस्थलसम्मको व्यवस्थापन हेरेका छन् ।

मंगलबार महाकुम्भको २३ औँ दिन भएको छ। अहिलेसम्म ३७ करोड मानिसले स्नान गरिसकेका छन् । मंगलबार मात्रै बिहान १० बजेदेखि ४२ लाख बढीले स्नान गरिसके बताइएको छ। सोमबार २ करोड ३३ लाखले स्नान गरेको भारतीय सञ्चारमाध्यामले लेखेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ३ : ०८ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर