दलाल-बिचौलियाको घेरा तोड्यौँ, गल्ती सुधारेर जनतामा फर्कियौँ : प्रचण्ड | Khabarhub Khabarhub

दलाल-बिचौलियाको घेरा तोड्यौँ, गल्ती सुधारेर जनतामा फर्कियौँ : प्रचण्ड


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन् ।

माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालको परिवर्तनमा माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय भएको त्रुटीबारे गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको उनले बताए ।

‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं’, प्रचण्डले भने, ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौँ ।’

पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर जनताबीच जाने अभियान सुरु गरिएको उनले बताए ।‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन, जनताको काखमा थियौँ, बरु पछि हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौं’ अध्यक्ष प्रचण्डले भने।

उनले ०८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने बताए ।

आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उनले उल्लेख गरे ।

आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा गरेका यी ऐतिहासिक कामबाट तर्सेर भ्रष्टाचारी, बिचौलिया र दलालहरूले सरकार ढालेको दाबी उनले गरे । यो कुरा नेपाली जनताले छोटै अवधिमा स्पष्टसँग बुझेको उनले बताए ।

‘संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरंकुशता लाद्न र सुशासन विरोधी अभियान अवरुद्ध पार्न नै यो सरकार बनेको हो भन्ने अब घामजस्तै स्पष्ट भइसकेको छ’, उनले भने ।

प्रचण्डले आफ्नो पार्टीलाई समेत जानकारी नगराएर राति ११ बजेपछि बिचौलिया र दलालको घरमा बसेर बनाएको सरकारले राष्ट्र र जनताको पक्षमा काम नगर्ने बताए ।

उनले दोस्रोपटक प्रधानमन्त्री भएको बेलामा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेको स्मरण गराए । ‘यी प्रतिनिधिमूलक कामबाट पनि जनताले प्रष्टै बुझेका छन् । कसले जनताको पक्षको पक्षमा काम गर्छ र कसले जनताविरुद्ध षड्यन्त्रका तानाबाना बुन्छ ?’– उनले भने ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ३ : २८ बजे

आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्।

बंगलादेशलाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा

काठमाडौं – भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ९ गते बिहीबार। आश्विन