कांग्रेसमा प्रस्ताव– हरेकले ५ नयाँ साथी बनाऔँ, २ जनालाई रूखमा भोट हाल्न लगाऔँ  « Khabarhub

कांग्रेसमा प्रस्ताव– हरेकले ५ नयाँ साथी बनाऔँ, २ जनालाई रूखमा भोट हाल्न लगाऔँ 


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापति र उपसभापतिलाई गृहजिल्ला फर्किएपछि पाँच महिनामा कम्तीमा ५ जना नयाँ साथी बनाउन विज्ञले सुझाव दिएका छन् । 

पोखरामा मंगलबारबाट सुरू भएको अभिमुखीकरणमा सहभागी ७७ वटै जिल्लाका सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारी सम्हाली रहेका उपसभापतिहरूलाई विज्ञले यस्तो सुझाव दिएका हुन्। 

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भबारे पोखरामा दुईदिने अभिमुखीकरण आयोजना गरेको छ । 

अभिमुखीकरणको बन्दसत्रमा प्रतिष्ठानका सदस्य डा. कृष्णप्रसाद पौडेलले ‘कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ विषयक कार्यपत्र पेस गर्दै उनीहरूलाई पाँच महिनामा कम्तीमा ५ जना नयाँ साथी बनाउन भनेका छन् । 

प्रतिवेदनमा उनले भनेका छन्, ‘हामी जहाँ जान्छौँ, एउटा प्रण गर्न लगाऔँ । कम्तीमा पनि ५ नयाँ साथी ५ महिनाभित्र बनाउन लगाऊँ ।’ 

डा। पौडेलले निर्वाचनको दिनमा हरेकले बनाएका ५ जना साथीमध्ये कम्तीमा पनि दुई जनालाई कांग्रेसको चुनाव चिह्नमा भोट हाल्न लगाउन पनि सुझाव दिएका छन् । 

उनले सबैको मत जित्ने काम गर्न र सुख–दुःखमा साथ दिन पनि अभिमुखीकरणमा सहभागी सभापतिहरू र उपसभापतिहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ४ : १२ बजे

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको