२०५ अवैध आप्रवासी बोकेको अमेरिकी जहाज भारततिर, अमृतसरमा अवतरण गर्ने « Khabarhub

२०५ अवैध आप्रवासी बोकेको अमेरिकी जहाज भारततिर, अमृतसरमा अवतरण गर्ने


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अमेरिकाले पक्राउ परेका २०५ जना अवैध आप्रवासीलाई भारत फिर्ता पठाएको छ । अमेरिकी सेनाको सी-७ जहाज ती आप्रवासीलाई लिएर उडिसकेको छ ।

अमेरिकाको सेन एन्टोनियोबाट उडिसकेको उक्त जहाज जर्मनीमा तेल भरेपछि भारतको अमृतसरमा अवतरण गर्नेछ ।

सबै २०५ भारतीयहरू अमेरिकाको सैन्य विमान सी–१७ विमानमार्फत् फर्किँदैछन्। यी सबैजनालाई पहिचान गरेपछि मात्रै देश निकाला गरिएको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । समाचारअनुसार, आप्रवासी बोकेको विमान पञ्जाबको अमृतसरमा अवतरण हुँदैछ ।

अमेरिकी दूतावासका प्रवक्ताले आफ्नो देशले गैरकानुनी आप्रवासनमा कुनै जोखिम नलिने स्पष्ट सन्देश दिएको बताए ।

‘भारतका लागि हुन लागेको निर्वासन उडानबारे धेरै सोधपुछ भइरहेको छ । म तिनीहरूको कुनै विवरण दिन सक्दिनँ, तर म अमेरिकाले आफ्नो सीमाको कडा सुरक्षा गरिरहेको छ र अध्यागमन कडा बनाउँदै लगेको बताउन चाहन्छु ।’

ब्लुमबर्गको रिपोर्टका अनुसार १८ हजारभन्दा बढी भारतीय अवैध रूपमा अमेरिकामा बसिरहेका छन् । तर अर्को रिपोर्टअनुसार ७२ हजारभन्दा धेरै भारतीय अवैधरुपमा अमेरिमा छन् ।

त्यस्ता भारतीयहरूमध्ये केहीको भिसा अवधि सकिएको छ । उनीहरूमध्ये केही अवैध रूपमा अमेरिका प्रवेश गरेका हुन्। अमेरिकाले भविष्यमा धेरै भारतीयलाई फिर्ता पठाउने चिन्ता छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ६ : ०० बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन