आहारारा पोखरा गोल्डकपमा पुलिसको विजयी सुरुवात « Khabarhub

आहारारा पोखरा गोल्डकपमा पुलिसको विजयी सुरुवात


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- मंगलबारदेखि सुरु भएको २४औं आहारारा पोखरा गोल्डकपमा विभागीय टिम नेपाल पुलिसले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई १–० ले पराजित गरेको हो ।

खेलको ३६औँ मिनेटमा उज्वल राईले निर्णायक गोल गरे । यससँगै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पुलिसले अब सेमिफाइनल प्रवेशका लागि ब्रिगेड ब्वाइज क्लब युकेसँग २६ माघमा खेल्नेछ । प्रतियोगितामा भोलि बुधबार एपीएफ एफसी र मछिन्द्र एफसी भिड्ने तालिका छ ।

प्रतियोगिताको मंगलबार नै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । फागुन ३ मा हुने फाइनल विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैबीच सहारा क्लबले यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठलाई प्रदान गरेको छ । सनिशलाई ५० हजार ५ सय ५५ रुपैयाँसहित नगर प्रमुख आचार्यले सम्मान गरे ।

यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन् ।

सहारा क्लबको आयोजनामा २०५८ मा पहिलोपल्ट क्याराभान कपबाट सुरु भएको यो प्रतियोगिता हाल आएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचित हुन पुगेको छ । प्रतियोगिताको प्रमुख संरक्षकमा पोखरा महानगरपालिका छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ६ : १३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको