आजका समाचार : आए बेलायती राजकुमार, कांग्रेसले सभापतिहरूलाई पढाउँदै र फेरि मारिए इजरायली सैनिक | Khabarhub Khabarhub

आजका समाचार : आए बेलायती राजकुमार, कांग्रेसले सभापतिहरूलाई पढाउँदै र फेरि मारिए इजरायली सैनिक


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र बेलायतका अधिराजकुमार एडवार्डबीच मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटवार्ता भएको छ । सो भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

नेपाल भ्रमणका लागि बेलायतका अधिराजकुमार एडवार्ड धर्मपत्नी सोफीयासहित आजै काठमाडौँ आएका हुन् । सो शिष्टाचार भेटमा अधिराजकुमारकी धर्मपत्नी , नेपालका लागि बेलायती राजदूत सहभागी थिए ।

पाथीभरा प्रकरणमा कांग्रेस-एमालेबीच मतभेद, दमनमा नउत्रन गृहमन्त्रीलाई चेतावनी

प्रधानमन्त्रीबाट एचपीभी खोप अभियानको शुभारम्भ

टेलिकमले आफ्ना काम समीक्षा गरेर अगाडि बढ्नुपर्छ : मन्त्री गुरूङ

‘पाथीभरा केबुलकार निर्माणमा अवरोध पुर्‍याउनु गलत’

काठमाडौं आइपुगे बेलयाती राजकुमार एडवार्ड

नेपाललाई स्वस्थ बनाउन एचपीभी खोप : स्वास्थ्यमन्त्री

कांग्रेसमा प्रस्ताव– हरेकले ५ नयाँ साथी बनाऔँ, २ जनालाई रूखमा भोट हाल्न लगाऔँ
नेपाली कांग्रेसका जिल्ला सभापति र उपसभापतिलाई गृहजिल्ला फर्किएपछि पाँच महिनामा कम्तीमा ५ जना नयाँ साथी बनाउन विज्ञले सुझाव दिएका छन् ।

पोखरामा मंगलबारबाट सुरू भएको अभिमुखीकरणमा सहभागी ७७ वटै जिल्लाका सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारी सम्हाली रहेका उपसभापतिहरूलाई विज्ञले यस्तो सुझाव दिएका हुन्।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भबारे पोखरामा दुईदिने अभिमुखीकरण आयोजना गरेको छ ।

नेपालमा फेसबुक र टिकटक लोकप्रिय भइरहँदा कांग्रेसमा डिजिटल टिम बनाउने प्रस्ताव

जिल्ला सभापतिहरूलाई पढाउन पोखरामा जुट्यो कांग्रेस

कांग्रेसको प्रशिक्षणमा विज्ञको निष्कर्ष– ०४६ पछि पार्टी बिग्रिँदै गयो

रविसहित १५ जनाविरुद्ध चितवनमा दर्ता भयो सहकारी ठगी मुद्दा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध उनी प्रतिनिधिसभामा निर्वाचित चितवनमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेसहित १५ व्यक्ति र ६ कम्पनीविरुद्ध मुद्दा दर्ता भएको छ । चितवनमा रविलाई सजिलो हुने गरी मुद्दा दर्ता गरिएको छ । रविलाई सहकारी ठगी मात्रै मुद्दा चलाइँदा अरु १२ जनालाई भने सङ्गठित अपराध कसुर पनि लगाइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि असोज ८ गते दर्ता गरेको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यसबेला रविको नाम किटान गरिएको थिएन ।

रविले गोर्खा मिडियाबाटै पत्नीको नाममा काटेका थिए चार चेक, ससुराको कम्पनीलाई दिएका थिए ८१ लाख २५ हजार

लागुऔषध कारोबारी भारतीय नागरिक समात्न झापामा प्रहरीले गोली चलायो

पोखरामा २३ हजारभन्दा बढी बालिकालाई एचपीभी खोप लगाइने

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र

रास्वपा संसदीय दलको बैठक बुधबार, के–के छन् एजेन्डा ?

लागुऔषध कारोबारी भारतीय नागरिक समात्न झापामा प्रहरीले गोली चलायो

ट्रम्पको निमन्त्रणामा मोदी ह्वाइट हाउस जाँदै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने तयारी भएको ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

जनवरी २७ मा दुई नेताबीच हालैको टेलिफोन वार्ताको केही दिनपछि यो निमन्त्रणा आएको हो । टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतालाई जोड दिएका थिए ।

जनवरी २७ को कुराकानीमा ट्रम्पले आप्रवासनको बारेमा कुरा गरे भने भारतले थप अमेरिकी–निर्मित सुरक्षा उपकरणहरू किन्ने र द्विपक्षीय व्यापारिक सम्बन्धको महत्त्वमा जोड दिए ।

चीनले लगायो अमेरिकाविरुद्ध प्रतिरोधात्मक भन्सार दर

महाकुम्भमा भुटानी राजा, मुख्यमन्त्री योगीसँगै गंगामा लगाए डुबुल्की

दक्षिण कोरियाका युन महाभियोग सुनुवाइका लागि पुनः अदालतमा

वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु

२०५ अवैध आप्रवासी बोकेको अमेरिकी जहाज भारततिर, अमृतसरमा अवतरण गर्ने

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ८ : ०० बजे

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरणको काम सकियो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा

५६ लाखभन्दा बढी मूल्यका सामान बरामद

पर्सा – जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका ५६

अफ्रिकाबाट दुई करोड ७५ लाख मानिस विस्थापित

एजेन्सी – सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिक रूपमा विस्थापित

हिमालय होटलमा १२ घण्टा ! न सरकार पछि हट्यो, न आन्दोलन रोकियो

काठमाडौं– पूर्वी नेपालतिर एउटा आहान छ, ‘इयाँली–बियाँली दिन गुमाई, जूनेली

आजका समाचार : आए बेलायती राजकुमार, कांग्रेसले सभापतिहरूलाई पढाउँदै र फेरि मारिए इजरायली सैनिक

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र बेलायतका