चीनसँग गरिएको बीआरआई सम्झौता नवीकरण नगर्ने पनामाको घोषणा « Khabarhub

चीनसँग गरिएको बीआरआई सम्झौता नवीकरण नगर्ने पनामाको घोषणा


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पनामाका राष्ट्रपति राउल मुलिनोले चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने घोषणा गरेका छन् ।

पनामाले सन् २०१७ मा चीनसँग बीआरआई सम्झौता गरेको थियो । अमेरिकामा राष्ट्रपति चुनाव जितेसँगै डोनाल्ड ट्रम्पले पनामाविरुद्ध अभिव्यक्ति दिंदै आएका थिए ।

राष्ट्रपति मुलिनोले अमेरिकासँग नयाँ लगानी परियोजनाहरूमा काम गर्ने इच्छा व्यक्त गरेका हुन् । नयाँ लगानी परियोजनामा पूर्वाधारसम्बन्धी योजना समेत समावेश छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार पनामा भ्रमणमा पुगेका छन् । ट्रम्प राष्ट्रपति बनेपछि कुनै उच्च अमेरिकी अधिकारीको यो पहिलो पनामा भ्रमण हो ।

मार्कोले पनामा सरकारलाई नहरमाथि चीनको प्रभाव र नियन्त्रण तत्काल अन्त्य गर्न माग गरेका छन् । रुबियोले चेतावनी दिँदै भने, ‘यदि पनामाले चीनको प्रभाव हटाएन भने अमेरिका र पनामाबीचको सन्धिअनुसार आफ्ना अधिकारहरूको रक्षा गर्न व्यापक कदम चाल्नेछ ।’

यो चेतावनी आइतबार पनामा सिटीमा अमेरिकी विदेशमन्त्री रुबियो र पनामा राष्ट्रपति राउल मुलिनोबीचको बैठकपछि आएको हो ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ९ : ५४ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन