चीनसँग गरिएको बीआरआई सम्झौता नवीकरण नगर्ने पनामाको घोषणा « Khabarhub

चीनसँग गरिएको बीआरआई सम्झौता नवीकरण नगर्ने पनामाको घोषणा


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पनामाका राष्ट्रपति राउल मुलिनोले चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने घोषणा गरेका छन् ।

पनामाले सन् २०१७ मा चीनसँग बीआरआई सम्झौता गरेको थियो । अमेरिकामा राष्ट्रपति चुनाव जितेसँगै डोनाल्ड ट्रम्पले पनामाविरुद्ध अभिव्यक्ति दिंदै आएका थिए ।

राष्ट्रपति मुलिनोले अमेरिकासँग नयाँ लगानी परियोजनाहरूमा काम गर्ने इच्छा व्यक्त गरेका हुन् । नयाँ लगानी परियोजनामा पूर्वाधारसम्बन्धी योजना समेत समावेश छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार पनामा भ्रमणमा पुगेका छन् । ट्रम्प राष्ट्रपति बनेपछि कुनै उच्च अमेरिकी अधिकारीको यो पहिलो पनामा भ्रमण हो ।

मार्कोले पनामा सरकारलाई नहरमाथि चीनको प्रभाव र नियन्त्रण तत्काल अन्त्य गर्न माग गरेका छन् । रुबियोले चेतावनी दिँदै भने, ‘यदि पनामाले चीनको प्रभाव हटाएन भने अमेरिका र पनामाबीचको सन्धिअनुसार आफ्ना अधिकारहरूको रक्षा गर्न व्यापक कदम चाल्नेछ ।’

यो चेतावनी आइतबार पनामा सिटीमा अमेरिकी विदेशमन्त्री रुबियो र पनामा राष्ट्रपति राउल मुलिनोबीचको बैठकपछि आएको हो ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ९ : ५४ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ