पलको गृहजिल्ला दाङ जान नपाएपछि दुर्गेशको आक्रोश- बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनुभयो | Khabarhub Khabarhub

पलको गृहजिल्ला दाङ जान नपाएपछि दुर्गेशको आक्रोश- बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनुभयो


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायक दुर्गेश थापाले दाङमा आफ्नो कार्यक्रम रोकिएको भन्दै सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गरेका छन् ।

दुर्गेशले दाङमा आयोजना हुने भनिएको कार्यक्रम रोकिएको भन्दै केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले कार्यक्रम रोकिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो- केही व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन् । कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ’, उनले भनेका छन्, ‘उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो । हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ !’

दुर्गेशले दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा दुःख लागेको उल्लेख गरेका छन् । उनले दुर्गेश थापा नाम नभइ ब्राण्ड भएको पनि जिकिर गरेका छन्।

खासमा दाङ कलाकार पल शाहको गृहजिल्ला हो । दाङमा पलको क्रेज छ । एकजना नाबालिग गायिकाको बलात्कार प्रकरणका कारण पल र दुर्गेश दुवै विवादमा मुछिएका थिए ।

पलविरुद्ध दुर्गेशले ती नाबालिग गायिकाका नाममा ब्ल्याकेल गरेको आरोप थियो । त्यसपछि पल र दुर्गेशबीच सम्बन्ध बिग्रिएको छ । नाबालिग गायिका प्रकरणअघिसम्म पल र दुर्गेश एकदमै मिल्ने साथी थिए ।

अहिले पल र दुर्गेशबीच पानी बाराबारको अवस्था छ । उता दुर्गेश र ती नाबालिग गायिकाले भने एकसाथ गीत गाइरहेका छन् । उनीहरू कयौँ कन्सर्टमा पनि सँगै देखिन्छन् । यस्तोमा पलको गृहजिल्ला दाङमा आयोजित महोत्सवमा आफूलाई रोकिएपछि दु्र्गेशको आक्रोश सार्वजनिक भएको हो ।

दुर्गेशले लेख्छन् :

कहिलेकाहीँ जिन्दगीले सोचेजस्तो हुँदैन भन्ने पाठ त पहिल्यै सिकेको थिएँ, तर यसपालि त्यो अझ गहिरिएर अनुभूति गरेँ । म दाङका प्रिय दर्शक भगवानको दर्शन गर्न, मनभरि माया साट्न र आफ्ना प्रस्तुति मार्फत हजुरहरूलाई मनोरञ्जन दिन अत्यन्त उत्साहित थिएँ । तर, एउटा दुर्भाग्यपूर्ण मोड आयो। अचानक महोत्सव हुन नदिने निर्णयको खबर फैलियो । मेरो भगवानरूपी दर्शकहरू महोत्सवस्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा मन रोयो ।

कलाकार भनेको एउटा परिवार हो। दर्शकको माया नै कलाकारको ऊर्जा हो । तर केहि कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले मलाई हजुरहरू माझ उपस्थित हुन दिएन ।

यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो— केही व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन् । कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ । उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो ।

हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ !

तर एक कुरा नबिर्सनुहोस्— हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला, तर दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलालले मेटाउन सक्दैन । मलाई हेलिकप्टर चढ्ने या देखाउने रहर छैन।

मेरो मात्र एउटा रहर छ— नेपालका हरेक कुनामा पुगेर आफ्ना दर्शकहरूसँग भेट्नु, माया साट्नु, र आफ्नो प्रस्तुति दिनु । नेपालका मेलाहरूमा मेरो नाम काट्न लागिपरेका आदरणीय दिदी तथा मित्रहरू, हजुरहरू मेरो नाम काट्दै जानुस्, म मेरो नामको ब्रान्ड बनाउँदै जान्छु ! दर्शकको अपार माया, हजारौँको भीड, अनगिन्ती अवसरहरू— यी सबै देखेर जल्नेहरू जल्दै रहुन् । किनभने जबसम्म मेरो शिरमा दर्शकको आशीर्वाद छ, जबसम्म मेरो लागि दर्शकहरूको माया छ, तबसम्म मलाई कसैले हल्लाउन सक्दैन ।

दुश्मनहरूलाई एक मात्र जवाफ— दुश्मन हेरेको हेरै ! त्यसैले ‘दुर्गेश थापा नाम हैन ब्राण्ड हो ब्राण्ड !’

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १ : ४९ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय