अध्यादेश पेश हुने भएपछि सांसदहरूलाई एमालेको पनि ह्विप | Khabarhub Khabarhub

अध्यादेश पेश हुने भएपछि सांसदहरूलाई एमालेको पनि ह्विप


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन  ह्विप जारी गरेको छ। 

बुधबार बस्ने बैठकमा सरकारले पाँच वटा अध्यादेश पेश गर्न लागेपछि सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन ह्विप जारी गरेको हो । यता सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि  ह्विप जारी गरेको छ । 

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जारी गरेको सन्देशमा अनिवार्य सबै सांसदहरूलाई  उपस्थित हुन भनिएको एमालेका एकजना सांसदले बताए । 

सरकारले सदन सुरु हुन दुई साताअगाडि जारी गरेका ६ वटा अध्यादेश राष्ट्रिय सभामा कोरम नपुगेका कारण अहिलेसम्म पेश हुन सकेका थिएनन्। जसपा नेपाल र लोसपासँग छलफलपछि बुधबारको सदनमा भूमिसम्बन्धी अध्यादेशबाहेक ५ वटा पेश हुँदै छन् ।

सन्देशमा भनिएको छ, ‘माननीय सदस्यहरू, भोलि १ बजे बस्‍ने प्रतिनिधि सभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेश गर्ने भएकाले अनिवार्य उपस्थितिको लागि अनुरोध छ। मुख्य सचेतक ।’ 

बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई ह्विप

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ३ : ४४ बजे

शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर

वन कुकुर संरक्षणमा नेपाली परियोजना सर्वोत्कृष्ट

पोखरा – वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

विस्का जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः

आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट