वन पैदावार बिक्री वितरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग « Khabarhub

वन पैदावार बिक्री वितरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घले कैलालीमा चार महिनादेखि रोकिएको वन पैदावारको सङ्कलन, बिक्रीवितरण तथा ओसारपसार तत्काल खुलाउन माग गरेको छ । 

व्यवसायी सङ्घ कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गरी काठ तथा दाउराको सङ्कलन, बिक्री वितरण र ओसारपसारमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन प्रदेश सरकारसँग माग गरेको हो । 

सङ्घले यसअघि पटकपटक व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरे पनि कुनै सुनुवाइ नभएको भन्दै पत्रकार सम्मेलनमार्फत पुनः आग्रह गर्नुपरेको जनाएको छ । अध्यक्ष प्रकाशबहादुर खड्काले प्रदेश सरकारले केही वनमा देखिएको समस्या र अनियमितताको छानबिनका नाममा जिल्लाभरिका वन पैदावारको कारोबार रोक्नु न्यायोचित नभएको बताए। 

उनले प्रतिबन्धका कारण काठ व्यवसायमा आश्रित परिवार, मिल सञ्चालक, फर्निचर व्यवसायी, अन्य व्यवसायी तथा उपभोक्तासमेत प्रभावित भएको बताए। लामो समयसम्म काठ बिक्री वितरण रोकिँदा व्यवसायीले बैंकको ब्याज तथा किस्ता तिर्न नसक्ने अवस्था आएको, काठको गुणस्तरमा ह्रास आउने जोखिम बढेको र राज्यले प्राप्त गर्ने २५ प्रतिशत राजस्वसमेत गुमिरहेकातर्फ सरकारको ध्यानाकर्षण गराइएको छ । 

‘व्यसायी उपभोक्ता त मारमा छौँ नै, नियमानुसार लिलाम प्रक्रियामा गएका र राजस्व जम्मा भइसकेका काठ दाउरासमेत प्रतिबन्ध गर्दा प्रदेश र स्थानीय सरकारले प्राप्त गर्ने कूल राजस्वको २५ प्रतिशत गुम्ने समस्या छ । थप समय लिँदा काठदाउराको हैसियत बिग्रिएर ठूलो नोक्सानी हुनेतर्फ सचेत गराउँछौँ’, अध्यक्ष खडकाले भने, ‘सुदूरपश्चिमका अन्य आठ जिल्लामा काठ खुला छ, तर कैलालीमा मात्रै करिब पाँच महिनादेखि काठ बिक्री वितरण बन्द गरेर समस्या पारिएको छ । यसलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दछौँ ।’

अझै प्रतिबन्ध कायम राखिएमा व्यवसायी थप आर्थिक संकटमा पर्ने भन्दै सङ्घले तत्काल निकास नदिए आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ ।

यहाँ डिभिजन वन कार्यालय धनगढीअन्तर्गतका चार र पहलमानपुरअन्तर्गतका छ सामुदायिक वनमा योजनाभन्दा बढी रुख कटान गरी कारोबार गर्न लागेको भन्दै उजुरी परेपछि प्रदेश सरकारले गत असार ९ गतेदेखि काठ बिक्री वितरणमा रोक लगाएको थियो । 

सुदूरपश्चिम प्रदेशसभा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको निर्देशनपछि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले छानबिनका लागि भन्दै मातहतका कार्यालयलाई बिक्रीवितरण रोक्न निर्देशन दिएको थियो । त्यसयता जिल्लामा सङ्कलन गरी घाटगद्दीमा राखिएको र लिलामका लागि प्रक्रिया पूरा गरिएको काठसमेत बिक्री हुन सकेको छैन ।

असार १० गते मन्त्रीस्तरीय निर्णयबाट वरिष्ठ डिभिजनल वन अधिकृत गोकुल रिजालको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले सोही महिनामा प्रतिवेदन बुझाइ सके पनि त्यसमाथि सुनुवाई भएको छैन । 
 

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ६ : ०५ बजे

अमेरिकाले १५० भन्दा बढी अफगान नागरिकलाई निर्वासन गर्ने तयारी गरेपछि तालिबानको चिन्ता

काठमाडौँ – अमेरिकाले १५० भन्दा बढी अफगान नागरिकलाई पाकिस्तान हुँदै

सालका रुख अवैध रुपमा कटान

खोटाङ – साल (सखुवा)का  रूख अवैध रुपमा ढालेर कटान गरेको

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

रुकुम पश्चिम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलामा जिप र मोटरसाइकल

जलवायु परिवर्तनका समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

 काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा

वन पैदावार बिक्री वितरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

सुदूरपश्चिम– पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घले कैलालीमा चार